Sunday, July 3, 2016

दुई लाख घरधनीसँग अनुदान सम्झौता,अब दुई लाख रुपैयाँ अनुदान बैंक मार्फत

काठमाडौं,असार २० । भूकम्पबाट अतिप्रभावित ११ जिल्लामा दुई लाख रुपैयाँ अनुदान प्राप्त गर्न दुई लाख घरधनीले सम्झौता गरेका छन् । आफूलाई अनुदान पाउन योग्य लाभग्राहीको सूचीमा सूचीकृत नै नगरिएको भन्दै गुनासो दर्ता गराउने घरधनीको संख्या पनि झण्डै एक लाख पुगेको छ । राष्ट्रिय पुननिर्माण प्राधिकरणले उपलब्ध गराएको तथ्याङक अनुसार आइतबारसम्म दुई लाख आठ हजार एक सय ७९ घरधनीले दुई लाख रुपैयाँ प्राप्त गर्न अनुदान सम्झौता गरेका छन्।

प्राधिकरणको तथ्याङक अनुसार पाँच लाख ३३ हजार ५८ घरधनी अनुदान पाउन योग्य लाभग्राहीको सूचीमा समेटिएका थिए । सम्झौता गरेका लाभग्राहीले अब दुई लाख रुपैयाँ अनुदान बैंक मार्फत चरणबद्ध रुपमा प्राप्त गर्नेछन् ।

प्राधिकरणका अनुसार सोमबारसम्म २२ हजार पाँच सय ४६ घरधनीको बैक खातामा पहिलो किस्ताको ५० हजार रुपैया जम्मा भएको छ भने आफूलाई लाभग्राहीको सूचीमा सूचीकृत नगरिएको भन्दै गुनासो दर्ता गराउनेको संख्या ९१ हजार ९३ पुगेको छ । गोरखामा ४३ हजार पाँच सय ४७ घरधनीसँग अनुदान सम्झौता भएको छ । ती मध्ये नौ हजार पाँच सय ४० जनाले पहिलो किस्ताको ५० हजार रुपैया बैंक मार्फत प्राप्त गरेका छन् । अाजको अन्नपूर्णमा समाचार छ ।

गोरखामा ५८ हजार पाँच सय तीन घरधनीलाई लाभग्राही पहिचान गरिएको छ । आफूलाई लाभग्राही पहिचान नगरिएको भन्दै गोरखामा १४ हजार नौ सय ६२ घरधनीले गुनासो दर्ता गराएका छन् । ०७२ वैशाख १२ गते गोरखाको बारपाकलाई केन्द्र विन्दु बनाएर गएको विनाशकारी भूकम्पले नेपालभरी करिब नौ हजारको ज्यान लिएको थियो भने करिब आठ लाख घर भत्काएको थियो ।

भूकम्पले सबै भन्दा धेरै भौतिक र मानवीय क्षति भएको सिन्धुपाल्चोकमा सोमबारसम्म ३४ हजार तीन सय ६२ घरधनीसँग अनुदान सम्झौता भएको छ भने आठ सय ४५ घरधनीले पहिलो किस्ता वापत पाउने ५० हजार रुपैयाँ बैैक खातामा प्राप्त गरेका छन् । सिन्धुपाल्चोकमा ७८ हजार पाँच सय ३७ घरधनी लाभग्राही पहिचान भएका थिए । सिन्धुपाल्चोकमा ६ हजार आठ सय ६४ जना घरधनीले आफूलाई लाभग्राहीको सूचीमा नपारिएको भन्दै गुनासो दर्ता गराएका छन् ।

No comments:

Post a Comment

Featured Post

माओवादी केन्द्रका तीन मन्त्रीमा महरालाई अर्थ, दुई नयाँ अनुहार

काठमाडौं,साउन २० । माओवादी केन्द्रका अध्यक्ष तथा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकारमा पहिलो चरणमा तीन जना मन्त्री पठाउने भ...

Popular Posts