Saturday, July 9, 2016

‘हाम्रो निर्णय सत्तासमीकरण भत्काउन र सरकार परिवर्तन गर्नको लागि होइन’: प्रचण्ड

काठमाडौं,असार २६ । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले राष्ट्रिय सहमतिको सरकार गठनको निर्णय वर्तमान सत्तासमीकरण भत्काउन र सरकार परिपवर्तन गर्नको लागि नभएको प्रष्ट पारेका छन् । माओवादी केन्द्रकै नेताहरु सरकार ढाल्ने खेलमा सहभागी भइरहेको बेला प्रधानमन्त्री केपी शर्मा ओलीसँग शनिबार बिहान भएको भेटवार्तामा अध्यक्ष दाहालले सो प्रस्टीकरण दिएका हुन् । माओवादी केन्द्रको निर्णय दोहोरो अर्थ लाग्ने गरेको भन्दै प्रधानमन्त्री ओलीले स्पस्ट पर्न सुझाएपछि दाहालले सो भनाइ राखेको लाजिम्पाट स्रोतले बताएको आजको राजधानी दैनिकले जनाएको छ ।

शुक्रबार प्रधानमन्त्रीसँग भेट गरेका दाहालले आफ्नो पार्टीको निर्णयलाई लिएर प्रधानमन्त्री ओलीले थप परामर्श थालेको जानकारी पाएपछि शनिबार बिहानै प्स्ट पार्न बालुटार पुगेका थिए । प्रधानमन्त्री ओलीले स्थानीय निकायको निर्वाचन गर्दा सम्म यही सरकार रहेने भएपनि माओवादी नेताहरुकेा अभिव्यक्तिले भ्रम छरको भन्दै आपत्ति जनाएका थिए ।

भेटमा प्रचण्डले आफूहरु सत्ता गठबन्धन तोड्ने पक्षमा नरहेको प्रस्टीकरण दिएका थिए । ‘ हाम्रो निर्णय सहमतिको सरकार गठन गर्ने उद्देश्यअनुरुप हो, बाहिर आएजस्तो सरकार परिवर्तनका लागि हुदैँ होइन, नौबुँदे सहमतिको स्पिरिटअनुसार अघि बढौं भन्ने मात्रै हाम्रो निर्णय हो, ‘ प्रधानमन्त्रीसँग दाहालको भनाइ थियो ।

No comments:

Post a Comment

Featured Post

माओवादी केन्द्रका तीन मन्त्रीमा महरालाई अर्थ, दुई नयाँ अनुहार

काठमाडौं,साउन २० । माओवादी केन्द्रका अध्यक्ष तथा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकारमा पहिलो चरणमा तीन जना मन्त्री पठाउने भ...

Popular Posts