Saturday, July 9, 2016

तातोपानी क्षेत्र सञ्चार सम्पर्कविहीन

काठमाडौं,असार २६ । भोटेकोसी नदीमा आएको बाढीले एनसेलको टावर रहेको घर कटान गरेर नदीमा मिलाएपछि तातोपानी क्षेत्र सञ्चार सम्पर्कविहीन बनेको छ । यसअघि राजमार्गका विभिन्न भागमा सडक कटान गरेकाले सडक सञ्जालबाट सीमा क्षेत्रको सम्पर्क विच्छेद भइसकेको थियो । शनिबार लिपिङस्थित एनसेलको टावर रहेको सहित १५ घर नदीको कटानमा परेका छन् ।

स्थानीय प्रशासनको अभिलेखमा यी १५ सहित कुल ४२ घर पूर्णरुपमा क्षति भएको उल्लेख छ । तातोपानी क्षेत्रको कुन ठाउँको कति घर नदीमा मिले भन्नेमा जिल्लाका प्रहरी प्रमुख समेत अनिभिज्ञ छन् ।

तातोपानी क्षेत्रका लिपिङ, तातोपानी, कोदारी, १० किलोलगायतका बस्ती कटानको उच्च जोखिममा छन् । प्रहरी प्रमुख केसीलाई तातोपानी क्षेत्रका कुनकुन ठाउँको घर नदी कटानमा परेको भन्ने जानकारी नभएको आजको अन्नपूर्णमा समाचार छ ।

एनसेलको टावर घरसँगै नदीमा मिसिएपछि सीमा प्रहरी कार्यालय प्रमुख प्रहरी निरीक्षक खुमलाल भूसाल सञ्चार सम्पर्कबाट बाहिर छन् । मंगलबार राति चीनतर्फबाट आएको बाढीले सीमा क्षेत्रका घर बगाउन सुरु गरेको थियो ।

No comments:

Post a Comment

Featured Post

माओवादी केन्द्रका तीन मन्त्रीमा महरालाई अर्थ, दुई नयाँ अनुहार

काठमाडौं,साउन २० । माओवादी केन्द्रका अध्यक्ष तथा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकारमा पहिलो चरणमा तीन जना मन्त्री पठाउने भ...

Popular Posts