Wednesday, June 1, 2016

विद्यार्थीहरु बीच बहस गराउन डिएनएन झापामा

विर्तामोड,जेठ १९ । डिबेट नेटवर्क, नेपालले झापाका विद्यार्थीहरुमा तर्क दिने क्षमताको अभिवृद्धि गर्ने उद्देश्यले वादविवाद प्रतियोगिता गर्ने भएको छ । जिल्लाका विभिन्न विद्यालयहरुमा ६ दिने कार्यशाला गरी विद्यार्थीहरु बीच स्पर्धा गराउन लागिएको हो । कार्यक्रम अन्तगत पहिलो चरणमा कनकाई नगरपालिका क्षेत्रका विभिन्न विद्यालयहरुमा जेठ २३ गते आइतबारदेखि कार्यशाला गरिँदैछ । त्यसपछि, क्रमशः अन्य स्थानहरुमा कार्यक्रम गर्दै जाने योजना रहेको तालिम निर्देशक रिजन केसीले बताए । विभिन्न स्थानहरुमा हुने प्रतिष्पर्धाबाट छनौट गरिएका ३-३ विद्यार्थीहरुलाई जिल्ला स्तरीय प्रतियोगितामा सामेल गराइने उनले जनाए ।

अंग्रेजी र नेपाली दुवै भाषामा गराइने यो प्रतिपष्र्धा राष्ट्रव्यापी रुपमा भइरहेको छ । पहिलो चरणमा विभिन्न जिल्लाबाट छनौट भएकाहरुलाई क्षेत्रीय प्रतियोगितामा सहभागी गराइने र क्षेत्रीयबाट उत्कृष्ट वक्ता घोषत भएकालाई राजधानीमा हुने तर्कशालामा सहभागी गराइने ‘डिवेट इष्ट’ का कार्यक्रम संयोजक शुशिल पाठकले जानकारी दिए । छनौटमा परेका सहभागीहरुलाई निःशुल्क क्षेत्रीय तथा राष्ट्रिय प्रतिष्पर्धामा सहभागी गराइने उनले जनाए ।

‘विद्यार्थीहरुमा तर्क दिने र सोच्ने शैलीको विकास गर्नका लागि यो कार्यक्रम प्रभावकारी हुन्छ ।’, प्रोेजेक्ट म्यानेजर जमुना गौतमले भनिन्, ‘अर्को पक्षको कुरा काट्न र एकोहोरो रूपमा आफ्नो भनाइ राख्न मात्र होइन, अर्को पक्षको कुरा सुन्ने बानीको विकास गराउन पनि यो कार्यक्रम प्रभावकारी हुनेछ ।’
३÷३ जना प्रतिष्पर्धी रहने गरी संसदीय प्रणालीको वल्र्ड स्कुल विधिमा गरिने बहसले विद्यार्थीहरुलाई विश्वासका साथ आफ्ना भनाइ राख्न सक्षम बनाउने लक्ष्य आयोजकको छ ।

No comments:

Post a Comment

Featured Post

माओवादी केन्द्रका तीन मन्त्रीमा महरालाई अर्थ, दुई नयाँ अनुहार

काठमाडौं,साउन २० । माओवादी केन्द्रका अध्यक्ष तथा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकारमा पहिलो चरणमा तीन जना मन्त्री पठाउने भ...

Popular Posts