Wednesday, June 1, 2016

प्रधानमन्त्री ओलीले मागे गृहमन्त्री बस्नेतको राजीनामा

काठमाडौं, जेठ १९ । सिडियो र सहायक सिडिओको सरुवालाई लिएर प्रधानमन्त्री केपी शर्मा ओलीले गृहमन्त्री शक्तिबहादुर बस्नेतको राजीनामा मागेका छन् । गृहमन्त्री बस्नेतले प्रधानमन्त्रीले दिएको सरुवा बदरको निर्देशन नमान्ने अडानलिए पछि ओली र बस्नेतबीच वाकयुद्ध चलेको हो ।

मंगलबार प्रमुख जिल्ला अधिकारी सहित उच्च अधिकृतहरुको गरिएको सरुवाको निर्णय बदर गर्न दिएको निर्देशन गृहमन्त्री बस्नेतले अस्वीकार गरेका छन् । गृहमन्त्रालयले मंगलबार प्रमुख जिल्ला अधिकारी र सहायक प्रमुख जिल्ला अधिकारीसहित ५१ जनाको सरुवा गर्ने निर्णय गरेको थियो । सो निर्णय सार्वजनिक भएलगत्तै प्रधानमन्त्री ओलीले उक्त निर्णय बदर गर्न गृहमन्त्री बस्नेतलाई निर्देशन दिएका थिए । तर, सरुवाको निर्णय विधिसम्मत रहेको भन्दै गृहमन्त्री बस्नेतले निर्णय परिवर्तन हुन नसक्ने जवाफ दिएका छन् ।

No comments:

Post a Comment

Featured Post

माओवादी केन्द्रका तीन मन्त्रीमा महरालाई अर्थ, दुई नयाँ अनुहार

काठमाडौं,साउन २० । माओवादी केन्द्रका अध्यक्ष तथा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकारमा पहिलो चरणमा तीन जना मन्त्री पठाउने भ...

Popular Posts