काठमाडौं,जेठ २० । सिडियो र सहायक सिडिओको सरुवालाई लिएर प्रधानमन्त्री केपी शर्मा ओली र गृहमन्त्री शक्तिबहादुर बस्नेतबीचको विवादले तिव्रता लिएको छ । गृहमन्त्री बस्नेतले प्रधानमन्त्रीले दिएको सरुवा बदरको निर्देशन नमान्ने अडानलिए पछि ओली र बस्नेतबीच वाकयुद्ध चलेको थियो । प्रधानमन्त्रीसँग मतभेद भएका गृह मन्त्री शक्तिबहादुर बस्नेत बिहिबारको मन्त्रिपरिषद् बैठकमा समेत सहभागि भएनन् । सिंहदरबारमा जारी बैठकमा माओवादी केन्द्रका तर्फबाट सिँचाई मन्त्री उमेश यादव मात्र सहभागी भएको स्रोतले बताएको छ । पार्टीको बैठक पनि चलिरहेकोले गृह मन्त्री बस्नेत लगायत माओवादीका अन्य मन्त्रीहरु मन्त्रिपरिषद् बैठकमा उपस्थित हुन नसकेको उनीहरुले बताएका छन्।
मंगलबार प्रमुख जिल्ला अधिकारी सहित उच्च अधिकृतहरुको गरिएको सरुवाको निर्णय बदर गर्न दिएको निर्देशन गृहमन्त्री बस्नेतले अस्वीकार गरेका थिए । गृहमन्त्रालयले मंगलबार प्रमुख जिल्ला अधिकारी र सहायक प्रमुख जिल्ला अधिकारीसहित ५१ जनाको सरुवा गर्ने निर्णय गरेको थियो । सो निर्णय सार्वजनिक भएलगत्तै प्रधानमन्त्री ओलीले उक्त निर्णय बदर गर्न गृहमन्त्री बस्नेतलाई निर्देशन दिएका थिए । तर, सरुवाको निर्णय विधिसम्मत रहेको भन्दै गृहमन्त्री बस्नेतले निर्णय परिवर्तन हुन नसक्ने जवाफ दिएका थिए ।
Wednesday, June 1, 2016
ओली र बस्नेतबीच वाकयुद्ध,मन्त्रिपरिषद्को बैठकमा नै गएनन् बस्नेत
Subscribe to:
Post Comments (Atom)
Featured Post
माओवादी केन्द्रका तीन मन्त्रीमा महरालाई अर्थ, दुई नयाँ अनुहार
काठमाडौं,साउन २० । माओवादी केन्द्रका अध्यक्ष तथा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकारमा पहिलो चरणमा तीन जना मन्त्री पठाउने भ...
Popular Posts
-
The incredible Nepali musical group Sur Sudha will be visiting the US in August on an “Empower Nepal Tour” sponsored by the Soarway Foundat...
-
काठमाडौं,मंसिर १५ । एमाओवादी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले केन्द्रिय समितिको वैठकमा पार्टीलाई एक नम्बर बनाउने भन्दै राजनितिक प्रतिवेदन ...
-
काठमाडौं,मंसिर १३ । नाकाबन्दीका बेलामा पनि वीरगञ्जबाहेक अन्य नाकाबाट ग्यासका बुलेटहरु फाट्टफुट्ट भित्रिइरहेका छन् । ती बुलेटहरु राजधानीमा सम...
No comments:
Post a Comment