Thursday, June 2, 2016

सानका साथ मर्छु,टाङमुनि छिर्दिनँ -प्रधानमन्त्री ओली

काठमाडौं,जेठ २१ । प्रधानमन्त्री केपी ओलीले कसैले तत्काल ‘प्रधानमन्त्री पद छाड्’ भनेर हप्काउने वा तर्साउँदैमा आफू पदबाट नहट्ने बताएका छन् । मानवअधिकार एलाइन्सद्वारा बिहीबार आयोजित कार्यक्रममा आफ्नो तर्सिने बानी नभएको पनि बताए ।देशलाई शिरमा राखेर भन्छु, मैले सधैँ भन्ने गरेको पनि छु– यो मेरो नाफाको बाँकी जिन्दगी देशका लागि खर्चिनेछु । केही गर्न सकिनँ भने पनि आँटका साथ बाँच्छु, सानका साथ मर्छु । कसैले मलाई मार्छ भने पनि टाङमुनि छिर्ने छैन, हाम्रो देशको विकास हामीले नै गर्ने हो ।

दलहरूबीच धोकापूर्ण होइन, पारस्परिक विश्वासका आधारमा सम्बन्ध विकास गर्दै जानुपर्छ । दलहरू दलीय स्वार्थ होइन, राष्ट्रिय स्वार्थलाई ध्यानमा राखेर चल्नुपर्छ । म जन्मँदा प्रधानमन्त्री भएर जन्मेको होइन र मर्दा पनि प्रधानमन्त्री पद लिएर जाने होइन । आजको नयाँ पत्रिकामा समाचार छ । देश र जनताको सेवा गर्दै यहाँ आएको हुँ, मलाई कमाउनु छैन, कसैका लागि कमाइदिनु पनि छैन, भ्रष्टाचार पनि गर्नुछैन । देश बनाउने समय पाएको छु, जति दिन प्रधानमन्त्री हुन्छु २४ सै घन्टा देश विकासमा लाग्छु ।

No comments:

Post a Comment

Featured Post

माओवादी केन्द्रका तीन मन्त्रीमा महरालाई अर्थ, दुई नयाँ अनुहार

काठमाडौं,साउन २० । माओवादी केन्द्रका अध्यक्ष तथा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकारमा पहिलो चरणमा तीन जना मन्त्री पठाउने भ...

Popular Posts