Monday, June 6, 2016

सरकारले निर्माणको अनुमति दिए काठमाडौं चार ठाउँबाट केबलकार चल्ने

काठमाडौं,जेठ २४ । सरकारले निर्माणको अनुमति दिए काठमाडौं उपत्यकामा केबलकार चलाउने राजधानीको चार ठाँउमा केवलकार चल्ने भएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीको योजनामा फ्रान्सले सहयोग गर्ने भएको छ । फ्रान्सेली एमडीपी र सिष्ट्रा कम्पनीले सोमबार केवलकारको सम्भाव्यता अध्ययन प्रतिवेदन भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयमा बुझाएका छन् । त्यसका लागि काठमाडौंस्थित फ्रान्सको दूतावासले आफै अध्ययन समेत गरेको छ ।

काठमाडौं उपत्यकामा केवल कार निमार्णका लागि गरिएको फिजिभिलिटी अध्ययन प्रतिवेदन दूतावासले सोमबार सरकारलाई बुझाएको छ । काठमाडौंका लगनखेल–जमल, टंकेश्वर–गोगंबु, कलकी–रत्नपार्क र बौद्धनाथ–विष्णुमती रुट गरी चार ठाउँबाट केबलकार चलाउन सकिने तथ्यसहित केवलकार निमार्णको फिजिभिलिटी अध्धयन प्रतिवेदन सरकारलाई बुझाएको दूतावासले जनाएको छ । यद्यपी फ्रान्सले यो योजना धेरै पहिला ल्याएको थियो । जून तत्कालिन सरकारले स्वीकृत गरी अध्ययन गर्ने जिम्मा फ्रान्सलाई दिएको थियो ।

No comments:

Post a Comment

Featured Post

माओवादी केन्द्रका तीन मन्त्रीमा महरालाई अर्थ, दुई नयाँ अनुहार

काठमाडौं,साउन २० । माओवादी केन्द्रका अध्यक्ष तथा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकारमा पहिलो चरणमा तीन जना मन्त्री पठाउने भ...

Popular Posts