Wednesday, June 8, 2016

कर्मचारी सरकार, जनता वा आफ्नो पार्टी कोप्रति जवाफदेही ?

काठमाडौं,जेठ २७ । आधिकारिक ट्रेड युनियनको निर्वाचनपछि अब जनताले सुशासनको अनुभूति गर्न सक्लान् तरु सार्वजनिक सेवा प्रवाह विगतको तुलनामा थप सुधार होला कि झन् बिग्रेलारु यी प्रश्नमा अहिले सर्वसाधारणवीच चर्चा परिचर्चा भइरहेको छ। ‘सरकारले निजामती कर्मचारीलाई बिदा नै दिएर आधिकारिक ट्रेड युनियनको निर्वाचन गरायो। यसले सार्वजनिक सेवा प्रवाहमा हुने ढिलासुस्ती कत्तिको हट्ने होरु’ ललितपुर लगनखेलस्थित जिल्ला मालपोत कार्यालयमा आएका सेवाग्राहीहरु आइतबार यसरी एकआपसमा कुरा गरिरहेका थिए। नेपाल समाचार पत्र दैनिकमा समाचार छ।

आधिकारिक ट्रेड युनियनको निर्वाचनमा सबैभन्दा बढी मत ल्याउने नेकपा एमाले निकट नेपाल निजामती कर्मचारी संगठनका महासचिव मोहन घिमिरेले सार्वजनिक सेवा प्रवाह केही दिनभित्रमा तुलनात्मक रुपले सुधार हुने बताए। ‘ट्रेड युनियन निर्वाचनले कर्मचारमिा एकताको भावना विकास भएको छ। यसको नजिता सेवा प्रवाहमा देखिनेछ,’उनले भने।

आधिकारिक ट्रेड युनियनले कर्मचारी संगठनलाई जनताप्रति जवाफलेही बनाउनेमा संघीय मामिला तथा स्थानीय विकास मन्त्रालयका शाखा अधिकृत दुर्गाप्रसाद चालिसे ढुक्क छन्। आधिकारिक ट्रेड युनियनले जनतामा सुशासनको प्रत्याभूति नपाउने प्रशासनविद् एवं पूर्वप्रशासकहरुको भनाइ छ।

No comments:

Post a Comment

Featured Post

माओवादी केन्द्रका तीन मन्त्रीमा महरालाई अर्थ, दुई नयाँ अनुहार

काठमाडौं,साउन २० । माओवादी केन्द्रका अध्यक्ष तथा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकारमा पहिलो चरणमा तीन जना मन्त्री पठाउने भ...

Popular Posts