Wednesday, June 8, 2016

हाइटीको पोष्टमा ब्राजिलको ७ गोल,काउटिन्होको हृयाट्रिक 

एजेन्सी,जेठ २७ । कोपा अमेरिका फुटबलमा ब्राजिलले हाइटीमाथि गोलको वर्षा नै गर्दै पहिलो जित निकालेको छ । फिलिप काउटिन्होले हृयाट्रिक गरेपछि बिहीबार विहान भएको खेलमा ब्राजिलले हाइटीलाई ७-१ गोल अन्तरले हराएको हो । यसअघि पहिलो खेलमा उसले बराबरी खेलेको थियो ।

फ्लोरिडाको क्याम्पिङ वल्र्ड स्टेडियममा भएको खेलमा ब्राजिलले १४ औं मिनेटमा फिलिप काउटिन्होको गोलबाट अग्रता लिएको थियो । यस्तै २९ औँ मिनेटमा काउटिन्होले नै व्यक्तिगत दोस्रो गोल गर्दै टोलीको अग्रता दोब्बर पारे। रेनाटो ओगस्टोले ३५ औं मिनेटमा गोल गर्दै ब्राजिललाई पहिलो हाफमै ३–० को अग्रता दिलाए। यस्तै खेलको ५९ औँ मिनेटमा गाब्रिएलले गोल गरे भने ६७ औँ मिनेटमा लुकास लिमाले गोल गर्दै टोलीलाई ५–० को स्थितिमा पुर्याए।

७० औं मिनेटमा हाइटीका मार्सेलिनले गोल गरे । ८६ औं मिनेटमा अगस्टोले व्यक्तिगत दोस्रो गोल गरे भने अन्तिमा काउटिन्होले हृयाट्रिक पुरा गरे । जितपछि समूह बीमा रहेको ब्राजिल दुई खेलबाट ४ अंक जोड्दै समूहको शीर्ष स्थानमा छ भने दोस्रो स्थानमा रहेको पेरुको एक खेलबाट ३ अंक छ।

No comments:

Post a Comment

Featured Post

माओवादी केन्द्रका तीन मन्त्रीमा महरालाई अर्थ, दुई नयाँ अनुहार

काठमाडौं,साउन २० । माओवादी केन्द्रका अध्यक्ष तथा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकारमा पहिलो चरणमा तीन जना मन्त्री पठाउने भ...

Popular Posts