काठमाडौं,जेठ २० । काठमाडौं–बैंकहरुले सुनचाँदी धितो लिएर मात्र २९ अर्ब २३ करोढ ९३ लाख ४० हजार रुपैयाँ कर्जा दिएका छन् । राष्ट्र बैंकका अनुसार चालू आर्थिक वर्षको फागुन मसान्तसम्म वाणिज्य बैंक, विकास बैंक र फाइनान्स कम्पनीहरुले सुनचाँदी धितो शीर्षकमा उक्त अनुपात कर्जा प्रवाह गरेका हुन् । संचालनमा रहेका २९ वटा वाणिज्य बैंकहरुले सुन धितोमा २५ अर्ब २५ करोड ९३ लाख १० हजार रुपैयाँ कर्जा प्रवाह गरेका छन् ।
चुक्ता पूँजि एक खर्ब १२ अर्ब ४८ करोड आठ लाख ५० हजार रुपैयाँ पुगेको वाणिज्य बैंक क्षेत्रमा सो अवधीमा १५ खर्ब ७९ अर्ब ५९ करोड ४३ लाख ९० हजार रुपैयाँ निक्षेप संकलन गरी १२ खर्ब १६ अर्ब ७० करोड एक लाख ५० हजार रुपैयाँ कर्जा प्रवाह गरेको छ । आजको आर्थिक दैनिकमा खबर छ ।
No comments:
Post a Comment