Wednesday, June 1, 2016

मलेसियामा नेपाली कामदारमाथि फेरि धरपकड, एकैदिन १६ पक्राउ

काठमाडौं,जेठ २० । मलेसिया सरकारले गैरकानुनी रुपमा बस्दै आएका विदेशी कामदारमाथि फेरि धरपकड थालेको छ। राजधानी क्वालालम्पुरबाट मात्रै सोमबार १६ नेपाली कामदार पक्राउ गरेका छन्। क्वालालम्पुरको व्यस्त बिग मार्केटबाट १२ र मेनरा मेधा भवनबाट चारजना नेपाली पक्राउ परेका हुन्।

अन्य सहरबाट पनि धमाधम नेपालीसहित अन्य मुलुकका विदेशी कामदार पक्राउ परिरहेका स्थानीय सञ्चार माध्यमले उल्लेख गरेका छन्। मलेसियाको अध्यागमन कार्यालयले अवैध तरिकाले बस्दै आएका कामदार पक्रिने अभियान नै सुरु गरेको छ। पक्राउ परेका नेपालीको विषयमा विस्तृत जानकारी खुलेको छैन। नेपालीसहित भारतीय, बंगालादेशी, पाकिस्तानी, भियतनामी, इन्डोनेसियन, फिलिपिनो र म्यानमारका गैरकानुनी हैसियतमा बस्ने कामदारसमेत रहेका छन्। अन्नपूर्ण पोस्टमा समाचार छ।

कामदार जानुअघि नेपालमा गरिएको सम्झाैताअनुसार काम र तलब सुविधा नपाएपछि कामदार पहिला अाएको कम्पनी छाडेर अर्कोमा सर्ने गरेका छन्। रोजगारदाताको अनुमतिबिना कम्पनी छाड्ने कामदार स्वत: अबैध हुन्छ।

No comments:

Post a Comment

Featured Post

माओवादी केन्द्रका तीन मन्त्रीमा महरालाई अर्थ, दुई नयाँ अनुहार

काठमाडौं,साउन २० । माओवादी केन्द्रका अध्यक्ष तथा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकारमा पहिलो चरणमा तीन जना मन्त्री पठाउने भ...

Popular Posts