Thursday, June 9, 2016

१ महिनामा २४ दिन गाविसमा बस्ने सचिवलाई ५० प्रतिशत भत्ता

काठमाडौं,जेठ २८ । संघीय मामिला तथा स्थानीय विकास मन्त्रालयले गाविसबाट प्रदान गरिने सेवा प्रभावकारी बनाउन तथा गाविस सचिवको पेसालाई आकषिर्त बनाउन आगामी आर्थिक वर्ष २०७३/७४ देखि प्रोत्साहन भत्ता दिने तयारी भइरहेको जनाएको छ ।

हाल देशभर ३ हजार १ सय ५७ गाविस सचिव छन् भने ७ सय १९ गाविस सचिवबिहीन छन् । सचिवबिहीन भएको गाविसको काम हालसम्म छिमेकी गाविसका सचिवले गर्दै आएका छन् । मन्त्रालयले भने रिक्त रहेको ठाउँमा गाविस सचिव नियुक्तिका लागि लोकसेवा आयोगसँग माग गपररहेको र अब तीन महिनाभित्रै सबै गाविसमा सचिव नियुक्त हुने दाबी गरिएको छ ।

स्थानिय निकाय निर्वाचन नहुँदा १४ वर्षदेखि स्थानीय निकाय जनप्रतिनिधिबिहीन अवस्थामा चल्दै आएका छन् । हाल मन्त्रालयले गाविस सचिवको कार्यसम्पादनका आधारमा सचिवलाई प्रोत्सहान भक्त दिने तयारी गरेको छ । यसका लागि ६ वटा सूचक तोकेको छ । पहिलो नम्रको सूचकमै गाविस सचिवले गाउँकै कार्यालयमा बसेर काम गर्नुपर्ने उल्लेख छ । प्रोत्सहान भत्ता पाउन एक महिनामा कम्तीमा २४ दिन गाउँकै कार्यालयमा बस्नुपर्ने हुन्छ । आजको राजधानी दैनिकमा खबर छ ।

No comments:

Post a Comment

Featured Post

माओवादी केन्द्रका तीन मन्त्रीमा महरालाई अर्थ, दुई नयाँ अनुहार

काठमाडौं,साउन २० । माओवादी केन्द्रका अध्यक्ष तथा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकारमा पहिलो चरणमा तीन जना मन्त्री पठाउने भ...

Popular Posts