Tuesday, May 10, 2016

जङ्गलमै बास बसेर पदमार्ग निर्माण

म्याग्दी, वैशाख २९ । म्याग्दीको चिमखोलाका स्थानीयवासी जङ्गलमै बास बसेर पदमार्ग निर्माणमा जुटेका छन् । म्याग्दी र मुस्ताङलाई जोड्ने वैकल्पिक मार्गका रुपमा पहिचान गरिएको धौलागिरि आइसफल पदमार्गमा पूर्वाधार निर्माण गर्न चिमखोलावासी जुटेका हुन् । म्याग्दीका विभिन्न नौ गाविसको उच्च पहाडी र हिमाली भूभागलाई समेटेर मुस्ताङको लेते जोड्ने पदयात्राअन्तर्गत पदमार्ग निर्माणको काम भइरहेको छ ।

यो वर्ष पर्यटन मन्त्रालयबाट विनियोजन भएको १० लाख बजेटबाट पदयात्राले समेटिएको चिमखोलाको लेकमा पर्ने ससलधारादेखि धौलागिरि बेसक्याम्प क्षेत्रसम्मको पदमार्ग निर्माणको काम भइरहेको पदमार्ग निर्माण समितिका अध्यक्ष धुव्रकुमार पाइजाले बताए। उनका अनुसार पदमार्ग निर्माणका लागि चिमखोलाका ४० जनाको टोली विगत एक महिनादेखि झन्डै तीन हजार मिटर उचाइको हिमाली क्षेत्रमा पदमार्ग निर्माणमा परिचालित छन् । उनीहरु जङ्गलकै ओडारमा बास बसेर पदमार्ग निर्माण गरिरहेका छन् ।

यो वर्ष जङ्गल, पहाड र भिरमा करिब तीन किलोमिटर नयाँ पदमार्ग निर्माण गर्ने योजना छ । पाँच वर्षअगाडि टान पोखराको नेतृत्वमा जिल्लाका सरोकारवालाको पहलमा गरिएको स्थलगत अवलोकनबाट पहिचान गरिएको यस पदमार्ग क्षेत्रमा तीन वर्षदेखि निरन्तर रुपमा पदमार्ग निर्माण अटूट रुपमा भइरहेको छ । टान पोखरा, जिविस म्याग्दी, पर्यटन मन्त्रालय र पर्यटन कार्यालय पोखराको आर्थिक सहयोगमा पदमार्ग निर्माण कार्य अगाडि बढेको हो । दहबुकीदेखि मुस्ताङको लेतेसम्म यस अगाडि नै सामान्य पदमार्ग सञ्चालनमै रहेको छ ।

बेनी–जोमसोम सडक सञ्जाल विस्तारसँगै विस्थापित बेनी–जोमसोम पदमार्गको वैकल्पिक रुटका रुपमा पहिचान गरिएको धौलागिरि आइसफल पदमार्ग’ले म्याग्दीको पिप्ले, भगवती, बेगखोला, दग्नाम, दोबा, भुरुङ तातोपानी, दाना, चिमखोला र कुइनेमङ्गले गाविसलाई समेटेको छ ।

No comments:

Post a Comment

Featured Post

माओवादी केन्द्रका तीन मन्त्रीमा महरालाई अर्थ, दुई नयाँ अनुहार

काठमाडौं,साउन २० । माओवादी केन्द्रका अध्यक्ष तथा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकारमा पहिलो चरणमा तीन जना मन्त्री पठाउने भ...

Popular Posts