Tuesday, May 10, 2016

‘स्थानीय निकायको निर्वाचन गरे संघीयता समाप्त हुन्छ’-यादव

काठमाडौं,बैशाख २९ । संघीय समाजवादी फोरम नेपालका अध्यक्ष उपेन्द्र यादवले स्थानीय निकायको निर्वाचन गर्ने भन्दै ओली सरकारले संघीयता समाप्त पार्न लागेको आरोप लगाउनु भएको छ । विराटनगरमा आज बिहान पत्रकारसँग कुरागर्दै यादवले ओली नेतृत्वको सरकारले कुनै पनि हालतमा स्थानीय चुनाव गर्न नसक्नेबताउदै स्थानीय निकायको निर्वाचन तयारी भनेको संघीयता समाप्त पार्ने खेल भएको आरोप लगाउनु भएको हो । मुलुक संघीयताको संरचनामा अघि बढेको भन्दै यादवले प्रादेशिक सरकारलाई मात्र स्थानीय निकाय निर्माण गर्नै अधिकार भएको उल्लेख गर्नुभयो ।

No comments:

Post a Comment

Featured Post

माओवादी केन्द्रका तीन मन्त्रीमा महरालाई अर्थ, दुई नयाँ अनुहार

काठमाडौं,साउन २० । माओवादी केन्द्रका अध्यक्ष तथा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकारमा पहिलो चरणमा तीन जना मन्त्री पठाउने भ...

Popular Posts