Tuesday, May 10, 2016

हावाहुरीले दोधारा चाँदनीको बडुवाल टोलमा ५ लाख भन्दा बढीको क्षती

पप्पु गुरुङ्-कञ्चनपुर,बैशाख २९ । कञ्चनपुरको दोधारा चाँदनीमा हावाहुरीले रु. ५ लाख भन्दा बढीको क्षती भएको छ् । हिजो बिहान आएको पानी संगको हावाहुरीले दोधारा चाँदनी नगरपालिका वडा नं. ३, बडुवाल टोलका २ घर उडाउनुको साथै २ वटा बिद्युत पोल तथा तारमा क्षती भएको प्रहरीले जनाएको छ् ।

बिहान करिब ८ बजे आएको पानी संगको हावाहुरीले दोधारा चाँदनी–३, बडुवाल टोलका अमर खत्रीको टिनवाला घर र महेश जोशीको कच्ची घर पुर्णरुपमा क्षतबिक्षत बनाएको स्थानिय महाबिर क्षेत्रीले जानकारी दिएका छन् । उनीहरुको अन्नपात समेत भिगेको बताईएको छ् । ईलाका प्रहरी कार्यालय दोधारा चाँदनीले हावाहुरीबाट रु. ५ लाख भन्दा बढीको क्षती भएको बिबरण संकलन गरेको छ् ।

No comments:

Post a Comment

Featured Post

माओवादी केन्द्रका तीन मन्त्रीमा महरालाई अर्थ, दुई नयाँ अनुहार

काठमाडौं,साउन २० । माओवादी केन्द्रका अध्यक्ष तथा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकारमा पहिलो चरणमा तीन जना मन्त्री पठाउने भ...

Popular Posts