Tuesday, May 10, 2016

सबै माओवादीसँग एकता गर्ने एमाओवादीको निर्णय

काठमाडौं,बैशाख २९ । एकीकृत नेकपा माओवादीले मोहन वैद्य नेतृत्वको नेकपा क्रान्तिकारी माओवादीलगाएत बिभिन्न टुक्रामा बिभाजित माओवादी पार्टीहरुसँग पार्टी एकीकरण गर्ने निर्णय गरेको छ । बुधबार बसेको एमाओवादी स्थायी समिति बैठकले मोहन वैद्य, नेत्रविक्रम चन्द ‘विप्लव’, मातृका यादव र मणि थापा नेतृत्वको माओवादीहरुसँग पार्टी एकता गर्ने निर्णय गरेको हो ।

यस विषयमा थप छलफल गर्न एकीकृत माओवादीले आउँदो शनिबार केन्द्रीय कमिटीको बैठक बोलाएको छ । एकीकृत माओवादीले मणि थापा नेतृत्वको क्रान्तिकारी कम्युनिष्ट पार्टी माओवादी र मातृका यादव नेतृत्वको नेकपा माओवादी पार्टीसँग पनि एकीकरणको प्रक्रिया अघि बढाएको शर्माले बताउनुभयो ।

No comments:

Post a Comment

Featured Post

माओवादी केन्द्रका तीन मन्त्रीमा महरालाई अर्थ, दुई नयाँ अनुहार

काठमाडौं,साउन २० । माओवादी केन्द्रका अध्यक्ष तथा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकारमा पहिलो चरणमा तीन जना मन्त्री पठाउने भ...

Popular Posts