Thursday, May 12, 2016

हैदरावादलाई हराउँदै दिल्ली तेस्रो स्थानमा

एजेन्सी,बैशाख ३१ । ईण्डियन प्रिमियर लिग आइपिएल क्रिकेटमा शीर्ष स्थानको सनराइजर्स हैदरावाद हराउँदै दिल्ली डेयर डेभिल्स तेस्रो स्थानमा उक्लिएको छ। बिहीबार राती भएको खेलमा दिल्लीले हैदरावादलाई ७ विकेटले पराजित गरेको हो । दिल्लीले टस जितेर फिल्डिङ रोजेपछि पहिले व्याटिङ गरेको हैदरावादले पुरै २० ओभरमा ८ विकेटको क्षतिमा १४६ रन बनायो ।

हैदरावादका कप्तान डेविट वार्नरले ३० बलमा सर्वाधिक ४६ रनको योगदान दिएपनि जितका लागि पर्याप्त भएन । १ सय ४७ रनको लक्ष्य पाएको दिल्लीले ११ बल बाँकी छँदै लक्ष्य भेट्टायो । दिल्लीले १८ दशमलव १ ओभरमा मात्र ३ विकेटको क्षतिमा १५० रन जोड्यो । गएरातिको जितसँगै दिल्ली १२ अंकसहित अंक तालिकाको तेस्रो स्थानमा उक्लिएको छ। यस अघि तेस्रो स्थानमा रहेको कोलकत्ता नाइड राइडर्सलाई रनरेटका आधारमा पछि पार्दै दिल्ली तेस्रो स्थानमा उक्लिएको हो। पराजित हैदरावाद भने १४ अंकसहित तालिकाको शीर्ष स्थानमा नै कायमै छ।

No comments:

Post a Comment

Featured Post

माओवादी केन्द्रका तीन मन्त्रीमा महरालाई अर्थ, दुई नयाँ अनुहार

काठमाडौं,साउन २० । माओवादी केन्द्रका अध्यक्ष तथा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकारमा पहिलो चरणमा तीन जना मन्त्री पठाउने भ...

Popular Posts