Thursday, May 12, 2016

विवाह वन्धनमा बाँधिइन अभिनेत्री गरिमा पन्त

काठमाडौं । केहि समयअघि सुटुक्क बेल्जियम गएकी ‘झोला’ अभिनेत्री गरिमा पन्तले विवाह गरेकी छन्। शुक्रबार बिहान फेसबुकमा स्टाटस लेख्दै गरिमाले आफू विवाहवन्धनमा बाँधिएको घोषणा गरेकी हुन्। केहि समय अघि बेल्जियम पुगेर एक रेष्टुरेन्टको फोटो पोस्ट गर्दै आफूले नयाँ व्यवसायमा हात हालेको बताएकी गरिमाले बेल्जियमका नेपाली व्यवसायी हरि शर्मा थपलियासँग विवाह गरेकी हुन्। उनले स्टाटसमा विवाह गरेको बताए पनि कहिले गरेको भन्नेचाँहि खुलाएकी छैनन्। गरिमाका पति हरिको यो दोस्रो विवाह हो । गरिमाको विगत केहि वर्षदेखी हरिसँग प्रेममा थिइन्।

गरिमाले आफ्नो विवाहलाई सामाजिक कार्यसँग पनि जोडेकी छन्। उनले आफूले प्राथमिक शिक्षा प्राप्त गरेको सरस्वतीको मंन्दिर श्री मित्रता उच्च मा.बि र उनको गा.बि.स.स्थित श्री मर्रस्यङदी सामुदायिक विद्या मन्दिर नि।मा।बि ।विद्यालयमा आफ्ना बाबुआमा बुबा इन्द्रबहादुर पन्त तथा माया पन्तको संयुक्त नाममा सातलाख नेपाली रुपैयाँ को ‘गरिबरजेहन्दार विद्यार्थी सहायता अक्षयकोष’ स्थापना गर्ने निर्णय गरेकी छन्। सो रकम दुबै विद्यालयले आधा-आधा पाउनेछन्।

No comments:

Post a Comment

Featured Post

माओवादी केन्द्रका तीन मन्त्रीमा महरालाई अर्थ, दुई नयाँ अनुहार

काठमाडौं,साउन २० । माओवादी केन्द्रका अध्यक्ष तथा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकारमा पहिलो चरणमा तीन जना मन्त्री पठाउने भ...

Popular Posts