काठमाडौं । नायक अनमोल केसी र पुर्व मिस नेपाल श्रृष्टी श्रेष्ठ अभिनित ‘गाजलु’को दोश्रो गीत सार्वजनिक गरीएको छ । आउँदो जेठ २८ गतेबाट प्रदर्शनमा आउने ‘गाजलु’को ‘मुस्कुराउनुको कथा’ बोलको गीत सार्वजनिक गरीएको हो । जसमा अनमोल र श्रृष्टीलाई फिचरिङ गरिएको छ । गीतको भिडियोमा अनमोल र श्रृष्टीको प्रेमलाई देखाइएको छ । जसमा पिणा सहितको कथा रहेको देख्न पाइन्छ ।
गीतमा कालिप्रसाद बाँस्कोटाले संगीत र शब्द रहेको छ भने सुमन गुरुङको स्वर रहेको छ । – फिल्मलाई हेमराज बीसीले निर्देशन गरेका हुन् भने फिल्मका निर्माता रोहित अधिकारी हुन् । फिल्ममा अनमोल र श्रृष्टीसँगै गौरव पहारी, सलोन बस्नेत, मेनुका प्रधान, ऋतिक शाही, विश्व बस्नेत, गौरी मल्ल लगायत कलाकारले अभिनय गरेका छन् ।
No comments:
Post a Comment