Thursday, May 12, 2016

नेपाल-चीन अप्टिकल फाइबर जोडियो

काठमाडौं,बैशाख ३१ । नेपाल टेलिकमले काठमाडौंबाट धादिङको गल्छीदेखि रसुवाको धुन्चे हुँदै चीनको सीमा रसुवागढीसम्म अप्टिकल फाइबर बिच्याउने काम सकेको छ । यससँगै नेपाल-चीन ट्रान्सबोर्डर कनेक्टिभिटी सम्पन्न भएको नेपाल टेलिकमले जनाएको छ ।

अब चीनको चाइना टेलिकमसँग नेपाल टेलिकमको सेवालाई ‘इन्टरकनेक्सन’ गर्न बाटो खुलेको छ ।
नेपाल टेलिकमका सह-प्रवक्ता डिल्लीराम अधिकारीले भौतिक रूपमा काठमाडौं र चीन अल डाइलेक्टिभ सेल्फ सपोर्टिङ (एडिएसएस) अप्टिकल फाइबर जोडिएको जानकारी दिए ।

‘चीनसँगको इन्टरकनेक्टिभिटीका लागि उपकरण जडान र सेवा परीक्षण सुरू भइसकेको छ,’ उनले भने, ‘मे भित्रमा चीन-नेपाल र भारतबीच सीधा ट्राफिक आदान प्रदानका लागि परीक्षण सम्पन्न गर्ने कार्यक्रम छ ।’ आजको कारोबार दैनिकमा खबर छ।

No comments:

Post a Comment

Featured Post

माओवादी केन्द्रका तीन मन्त्रीमा महरालाई अर्थ, दुई नयाँ अनुहार

काठमाडौं,साउन २० । माओवादी केन्द्रका अध्यक्ष तथा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकारमा पहिलो चरणमा तीन जना मन्त्री पठाउने भ...

Popular Posts