Thursday, May 12, 2016

दुई महिनादेखि आइओएम डिन खोज्दै सर्च कमिटि

काठमाडौं,बैशाख ३१ । त्रिभुवन विश्वविद्यालय चिकित्सा अध्ययन संस्थान (आइओएम) को डिन सिफरिसका लागि गठन भएको सर्च कमिटिले दुई महिना बितिसम्दा पनि नाम सिफारिस गर्न सकेको छैन । २२ माघमा आइओएम डिनबाट राजीनामा दिएका प्राडा। राकेशकुमार श्रीवस्तवको राजीनामा स्वीकृत गरेपछि त्रिवि कार्यकारी परिषद्ले त्यसको एक महिनापछि डिन सचए कमिटि गठन गरेको थियो । परिषदले आइओएमको डिन सिफारिसका लागि प्राध्यापक पुष्कर बज्राचार्यको संयोजकत्वमा तीन सदस्यीय सर्च कमिटी गठन गरेको थियो ।

सो कमिटीमा त्रिवि शिक्षण अस्पतालका सहायक निर्देशक डा. दिनेश काफ्ले र प्राध्यापक लक्ष्मीकान्त सुवेदी सदस्य थिए । यसअघि डिनको नाम सिफारिस गर्न सर्च कमिटिलाई एक हप्ताको समयसीमा तोकिएको हुन्थ्यो तर यसपटक भने समयसीमा नतोकिएका कारण समितिले डिनको नाम कहिले सिफारिस गर्छ भन्ने टुंगो छैन । आजको नयाँ पत्रिका दैनिकमा खबर छ ।

No comments:

Post a Comment

Featured Post

माओवादी केन्द्रका तीन मन्त्रीमा महरालाई अर्थ, दुई नयाँ अनुहार

काठमाडौं,साउन २० । माओवादी केन्द्रका अध्यक्ष तथा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकारमा पहिलो चरणमा तीन जना मन्त्री पठाउने भ...

Popular Posts