Thursday, May 12, 2016

विज्ञानको दुनियाँमा अर्को चमस्कार : पत्ता लाग्यो पृथ्वीजत्रै सयौं ग्रहहरू

एजेन्सी । नासाको केप्लर टेलिस्कोपले पृथ्वीजत्रै यसभन्दा बढि ग्रह हाम्रो सौर्यमण्डलबाहिरका तारा मण्डलमा फेला पारेको जनाएका छन् । तीमध्ये साना नौ वटा ग्रह बस्नयोग्य क्षेत्रमा रहेका र तिनमा तरल पानीकाे सम्भावनासमेत रहेको नासाको दाबी छ । तिनमा जीवनको सम्भावनालाई समेत नासाले उच्च राखेको छ आजको नागरिक दैनिकमा खबर छ ।

नासाले यो पछिल्लो समयको सबैभन्दा ठूलो खोज भएको दाबी गरेका छन् । मंगलबार वैज्ञानिकहरुमाझ नयाँ खोजबारे तीव्र छलफल चलाइएको थियो । नासाको क्यालिफोर्नियास्थित एम्स रिसर्च सेन्टरकी केप्लर मिसन वैज्ञानिक नताली बटल्हाले आकाश गंगामा १० अर्बभन्दा बढि बस्नयोग्य ग्रहहरु हुन सक्ने संकेत गर्छिन् ।
‘तर यस्ता बस्नलायक ग्रहहरु भने पृथ्वीबाट सबैभन्दा नजिकको गणनामा पनि ११ प्रकाशवर्ष भन्दा टाढा छन्, उनले भनिन् । टेलिस्कोपले केप्लर १८६ एफ’ र केप्लर ४५२ बी’ जस्ता बस्नलायक र पृथ्वीजस्तै वातावरण भएको ग्रह पत्ता लगाएको केही वैज्ञानिकहरुको दाबी छ ।

No comments:

Post a Comment

Featured Post

माओवादी केन्द्रका तीन मन्त्रीमा महरालाई अर्थ, दुई नयाँ अनुहार

काठमाडौं,साउन २० । माओवादी केन्द्रका अध्यक्ष तथा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकारमा पहिलो चरणमा तीन जना मन्त्री पठाउने भ...

Popular Posts