Monday, May 9, 2016

विकासमा भन्दा तलबभत्तामा दोब्बर खर्च !

काठमाडौं,बैशाख २८ । सरकारले आगामी तीन वर्षभित्र विकास निर्माणमा भन्दा कर्मचारीको तलबभत्तामा दोब्बरभन्दा बढी रकम खर्चिने प्रस्ताव गरेको छ । त्रिवर्षीय योजना अवधि ०७३/७२(०७५/७६) भित्र प्रमुख पूर्वाधार क्षेत्रमा ३ खर्ब ८१ अर्ब रुपैयाँ खर्च हुने राष्ट्रिय योजना आयोगको अनुमान रहेको आजको कारोबार दैनिकले जनाएको छ । यो रकम प्रमुख पाँच विषयगत मन्त्रालयको पुँजीगत खर्चको योग हो ।

आयोगको अनुमानअनुसार आउँदो वर्षदेखि आर्थिक वर्ष ०७५/७६ भित्र ऊर्जा, भौतिक पूर्वाधार तथा यातायात, सहरी विकास, सिंचाइ, स्थानीय विकास र खानेपानी सरसफाइ क्षेत्रका पूर्वाधारमा यो रकम विनियोजन हुनेछ । ती ५ मन्त्रालयका लागि जम्मा ५ खर्ब ७५ अर्ब रुपैयाँ बजेट अनुमान गरिएको छ ।
आयोगले त्रिवर्षीय योजना अवधिभित्र कुल ७ खर्ब ३५ अर्ब रुपैयाँ पुँजीगत खर्च अनुमान गरेको छ । तर, कर्मचारीको तलबभत्ता र निवृत्तिभरण लगायतमा हुने कुल चालू खर्चको आकार १७ खर्ब ४७ अर्ब रुपैयाँभन्दा बढी हुने अनुमान छ ।

त्रिवर्षीय योजना अवधिभर करिब २९ खर्ब ५ अर्ब रुपैयाँ कुल खर्च प्रक्षेपण गरिएको छ । कुल खर्चको १० प्रतिशत रकममात्र पूमुख पूर्वाधार क्षेत्रका लागि विनियोजन हुने र सरकारी अनुमानसँगै सरकारले नै लिएका घरेलु र वाहृय विकास लक्ष्य प्रभावित हुने देखिएको छ । पूर्वाधार क्षेत्रमा हुने लगानीले त्रिवर्षीय योजनाको औसत वार्षीक आर्थिक वृद्धिदरमा समेत नकारात्मक प्रभाव पार्नेछ ।

No comments:

Post a Comment

Featured Post

माओवादी केन्द्रका तीन मन्त्रीमा महरालाई अर्थ, दुई नयाँ अनुहार

काठमाडौं,साउन २० । माओवादी केन्द्रका अध्यक्ष तथा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकारमा पहिलो चरणमा तीन जना मन्त्री पठाउने भ...

Popular Posts