Monday, May 9, 2016

वैदेशिक रोजगार विभागका कर्मचारी नै मेनपावर सञ्चालक

काठमाडौं,बैशाख २८ । वैदेशिक रोजगार विभागका कर्मचारी मेनपावर सञ्चालकको आरोपमा पक्राउ परेका छन् । विभागको कम्प्युटर अधिकृत सुशील शाक्यलाई प्रहरीले सोमबार पिंगलास्थानस्थित इन्टरनेशनल ट्रेड लिंक नेपालबाट पक्राउ गरेको हो । शाक्यलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगले गत १२ चैतमा निलम्बन गरेको थियो । निलम्वनमा परेपछि उनले मेनपावर व्यवसायमा लागेको अपराध महाशाखाका प्रमुख एसएसपी सर्बेन्द्र खनालले बताए ।

शाक्यसहित मेनपावरका अन्य सञ्चालक राजेश ढकाल, अमृत भनिने निरप्रसाद ढकालसमेत पक्राउ परेका छन् । उनीहरुले नक्कली वर्कपर्मिट तथा मेडिकल रिपोर्ट लगायत कागजपत्र बनाउने गरेको सूचनाको आधारमा छापा हानेर पक्राउ गरिएको प्रहरीले जनाएको छ । आजको नयाँ पत्रिका दैनिकमा खबर छ ।

No comments:

Post a Comment

Featured Post

माओवादी केन्द्रका तीन मन्त्रीमा महरालाई अर्थ, दुई नयाँ अनुहार

काठमाडौं,साउन २० । माओवादी केन्द्रका अध्यक्ष तथा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकारमा पहिलो चरणमा तीन जना मन्त्री पठाउने भ...

Popular Posts