Monday, May 9, 2016

वैद्य माओवादी विभाजनतर्फ, बादल समूहको समानान्तर बैठक

काठमाडौं,बैशाख २८ । मोहन वैद्य किरण नेतृत्वको नेकपा क्रान्तिकारी माओवादी फुट्ने पक्कापक्की भएको छ।
वैद्यले चैत २७ गते एक महिनाका लागि भन्दै स्थगित गरेको केन्द्रीय समिति बैठक फेरि अर्को एक महिना पन्छाएपछि महासचिव रामबहादुर थापा बादलको समूहले मंगलबार बुद्धनगरस्थित नेवाः राज्य समिति कार्यालयमा समानान्तर केन्द्रीय समिति बैठक गर्न लागेको छ। कान्तिपुर दैनिकमा समाचार छ।

स्रोतका अनुसार सोही केन्द्रीय समिति बैठकले पुष्पकमल दाहाल प्रचण्डको नेतृत्वको एमाओवादीसँग् एकताको निर्णय लिनेछ। वैद्य माओवादीको पछिल्लो बैठकको मूख्य एजेन्डा नै एमाओवादीसँग एकता थियो।

No comments:

Post a Comment

Featured Post

माओवादी केन्द्रका तीन मन्त्रीमा महरालाई अर्थ, दुई नयाँ अनुहार

काठमाडौं,साउन २० । माओवादी केन्द्रका अध्यक्ष तथा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकारमा पहिलो चरणमा तीन जना मन्त्री पठाउने भ...

Popular Posts