Wednesday, May 4, 2016

एमाओवादी पछि हट्यो,प्रचण्डलाई प्रयोग गरी सरकार ढाल्ने भारत र कांग्रेसको योजना तुहियो

काठमाडौं,बैशाख २३ । एमाओवादी अध्यक्ष पुष्पकमल दाहालले तत्काल आफ्नो नेतृत्वमा सरकार बनाउन सम्भव नभएको जानकारी कांग्रेसलाई दिएका छन्। एमाओवादीको यो निर्णयसँगै एमाओवादी अध्यक्ष पुष्पकमल दाहाललाई प्रयोग गरी सरकार ढाल्ने भारत र कांग्रेसको योजना तुहिने संकेत देखिएको छ । बिहीबार विहान निवास पुगेका सभापति देउवासहितका नेतालाई दाहालले नयाँ सरकार गठनको ‘नियमावलीमा समस्या देखिएको’ भन्दै आफ्नो नेतृत्वमा तत्काल नयाँ सरकार गठन गर्न नसकिने कांग्रेसलाई बताएपछि सरकार ढाल्ने खेल सकिएको छ ।

शेरबहादुर देउवाको समर्थन आफूले पाएकाले आफ्नो नेतृत्वमा सरकार गठन गर्ने प्रस्तव लिएर बुधवार प्रधानमन्त्री केपी शर्मा ओलीलाई भेटेका एमाओवादी अध्यक्ष पुष्पकमल दाहाल र कांग्रेस टोलीबीचको बिहीवार भएको वार्ता सकारात्मक हुन नसकेपछि एमाओवादी ओली नेतृत्वको सरकारमै रहने निश्कर्षमा पुगेको हो ।

No comments:

Post a Comment

Featured Post

माओवादी केन्द्रका तीन मन्त्रीमा महरालाई अर्थ, दुई नयाँ अनुहार

काठमाडौं,साउन २० । माओवादी केन्द्रका अध्यक्ष तथा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकारमा पहिलो चरणमा तीन जना मन्त्री पठाउने भ...

Popular Posts