Thursday, May 5, 2016

मृत अवस्थामा चितुवा भेटियो

अनु आचार्य-रसुवा,बैशाख २३ । रसुवामा  एउटा चितुवा मृत अवस्थामा भेटिएको छ । धैबुङ गाविस वडा नं ५ स्थित ढाड भन्ने स्थानमा स्थानियले देखेपछि सुरक्षाकर्मि र निकुञ्जको टोलिलाई खबर गरेका थिए । लाङटाङ राष्ट्रिय निकुञ्जको मध्यवर्ति जंगलमा भेटिएको मृत भाले चितुवाको मुचुल्का गरि सुरक्षित स्थानमा पुरिएको लाङटाङ राष्ट्रिय निकुञ्जले जनाएको छ ।

मृत चितुवाको दुई मिटर लम्बाई र ६५ सेन्टीमिटर उचाई रहेकोे जनाएको छ । मृत चितुवा बुढो रहेको र काल गतिले मृत्यु भएको हुनसक्ने प्रमुख संरक्षण अधिकृत हरिभद्र आचार्यले बताउनुभएको छ ।

No comments:

Post a Comment

Featured Post

माओवादी केन्द्रका तीन मन्त्रीमा महरालाई अर्थ, दुई नयाँ अनुहार

काठमाडौं,साउन २० । माओवादी केन्द्रका अध्यक्ष तथा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकारमा पहिलो चरणमा तीन जना मन्त्री पठाउने भ...

Popular Posts