Thursday, May 5, 2016

समान छुटाउन बजार समितिद्वारा सशस्त्र प्रहरी कार्यालयमा घेराबन्दी

बारा,बैशाख २३ । अबेर साझ सशस्त्र प्रहरीले कञ्चनपुरको दोधारा चादनीबाट अबैध समान बताउदै समान पसलबाट समाते पछि स्थानिय र बजार ब्यवस्थापन समिती पदाधिकारीहरु सशस्त्र कार्यालय घेर्न पुगेका हुन् । हिजो करिब ५ बजे सुराकीको आधारमा सिमावर्ती बजारबाट बिक्रिको लागी ल्याईएको रु। ३० हजार बराबरको कपडालाई सशस्त्र प्रहरीले दोधारा चादनी नगरपालिका वडा नंं ७, बाबाथान बजारबाट समान समाते पछि हिजोबाटै समान छाड्न सशस्त्र प्रहरी सिमा सुरक्षा बल बोडर आउट पोष्ट दोधारा चादनी घेरा गर्न पुगेको स्थानिय निर्मल गिरीले जानकारी दिनुभएको छ् ।

“३० हजार बराबरको अबैध समान बरामद गरेका छौं । छाड्न मिल्दैन” सशस्त्र प्रहरी सिमा सुरक्षा बल बोडर आउट पोष्ट दोधारा चादनीका प्रहरी निरिक्षक शंकर सिंह धामीले बताउनुभएको छ् । ठुला मात्रामा अबैध समान रकम लिएर छाड्ने तर गरिब तथा रकम नदिए पछि सशस्त्रले कम समान लिएपनि समान पक्राउन गर्ने गरेको स्थानियहरुले आरोप लगाएका छन ।

आज फेरी सशस्त्र प्रहरी कार्यालय पुगेर स्थानिय तथा बजार ब्यवस्थापन समितिहरुले शसस्त्र प्रहरी कार्यालय घेराउ गरेको बताईएको छ् । समाचार तयार पारुन्जेल घर्ना जारी रहेको छ् । आजै सशस्त्रको बिरोधमा दोधारा चादनीका बजार बन्द गरिएको छ् ।

No comments:

Post a Comment

Featured Post

माओवादी केन्द्रका तीन मन्त्रीमा महरालाई अर्थ, दुई नयाँ अनुहार

काठमाडौं,साउन २० । माओवादी केन्द्रका अध्यक्ष तथा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकारमा पहिलो चरणमा तीन जना मन्त्री पठाउने भ...

Popular Posts