Tuesday, May 10, 2016

एमाओवादी नेता भन्छन् : भारतको ग्रान्ड डिजाइनमा फसियो

काठमाडौं,बैशाख २९ । एमाओवादीका एक वरिष्ठ नेताले कांग्रेस समर्थन लिएर आफ्नो नेतृत्वमा सरकार गठन गर्ने प्रस्ताव र एमाले नेतृत्वको सरकारलाई समर्थन निरन्तरता दिने निर्णय परस्पर विरोधी दुई विदेशी शक्तिको डिजाइनमा भएको आरोप लगाएका छन् । भारतमा उपचार गरी स्वदेश फिर्किएका एमाओवादी पोलिटब्युरो लेखराख भट्टले पार्टी नेतृत्वले राजनीतिमा ढंग नपुर्याएको भन्दै त्यस्तो आरोप लगाएका हुन् ।

आजको अन्नपूर्णपोष्ट दैनिकमा खबर छ–गम्भीर प्रकुतिका विषयमा पार्टीभित्र गहन छलफल नहुँदा यस्तो हुने गरेको पनि उनले बताए । ‘भारतको ग्रान्ड डिजाइनमा शेरबहादुर देउवामार्फत हाम्रो पार्टीको नेतृत्व फसेको हो,’ भट्टले भने, ‘मेरो विश्लेषणमा भारतीय डिजाइनलाई असफल पार्न अर्को बाह्य शक्तिले मात्र सक्थ्यो ।’ उनको संकेत उत्तरतर्फ भए पनि उनले चीनको नाम भने लिएनन् ।

कांग्रेस सभापति शेरबहादुर देउवासँगको भेटपछि एमाओवादी अध्यक्ष प्रचण्डले वैशाख २२ गते आफ्नै पार्टीको नेतृत्वमा सरकार गठन गर्ने कांग्रेसले समर्थन जनाएको भन्दै एमाले राप्रपा नेपाल, फोरम लोकतान्त्रिकसहित सत्ता गठबन्धनमा रहेका दलहरुलाई आफ्नो पार्टीको नेतृत्वमा सरकार गठनमा अघि बढ्न अपिल गरेका थिए ।

No comments:

Post a Comment

Featured Post

माओवादी केन्द्रका तीन मन्त्रीमा महरालाई अर्थ, दुई नयाँ अनुहार

काठमाडौं,साउन २० । माओवादी केन्द्रका अध्यक्ष तथा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकारमा पहिलो चरणमा तीन जना मन्त्री पठाउने भ...

Popular Posts