Tuesday, May 10, 2016

भारतको लागि राजदूत बन्न घिमिरेले चर्को दौडधूप,एमालेको रोजाईमा ज्ञवाली

काठमाडौं,बैशाख २९ । जाते जाते आफ्ना मान्छेलाई रिक्त ठाउँमा नियुक्त गर्ने सोचअनुसार वित्तीय आयोगमा डा पुष्प कँडेललाई ल्याइने भएको छ । उता, समाज कल्याण परिषद्मा सिपी मैनालीले उपाध्यक्ष आफ्नै मान्छे राख्ने इच्छा देखाइपछि सदस्यसचिव चाहिँ एमालेका भागमा परेको छ । अख्तियारले लगाएको रोक फुकवा भएन भने सिपीले लागूऔषध दुर्व्यसनी युवाहरुको क्षेत्रमा संलग्न पूर्वएसएसपी बसन्तु कँवरलाई आफ्नो कोटाबाट नियुक्त दिनेछन् ।

दीपकुमार उपाध्ययलाई फिर्ता बोलाइएपछि रिक्त भारतको लागि नेपाली राजदूत पदका आकांक्षीहरुमध्ये पुर्वगृहमन्त्री माधव घिमिरेले निकै चर्को दौडधूप थाले पनि केपी ओलीचाहिँ प्रदीप ज्ञवालीलाई दिल्ली पठाउने सोचमा रहेको बताइन्छ भनेर आजको जनआस्था साप्ताहिकमा खबर छ ।

No comments:

Post a Comment

Featured Post

माओवादी केन्द्रका तीन मन्त्रीमा महरालाई अर्थ, दुई नयाँ अनुहार

काठमाडौं,साउन २० । माओवादी केन्द्रका अध्यक्ष तथा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकारमा पहिलो चरणमा तीन जना मन्त्री पठाउने भ...

Popular Posts