Tuesday, May 10, 2016

नेपाल भारत सीमाना छुट्याउने ११ सय जंगेपिल्लर बेपत्ता

काठमाडौं,बैशाख २९ । भारतीय पक्षबाट हुँदै आएको सीमा अतिक्रमण, बाढी पहिरो तथा संरक्षणमा देखिएको सरकारी उदासिनताका कारण सीमास्तम्भ हराउँदा ६० हजार हेक्टर जमिन मिचिएको छ । नापी विभागको तथ्थांक अनुसार भारतसँग सीमा जोडिएका २३ जिल्लाका ७१ स्थानमा ६० हजार ६ सय ६२ हेक्टर सीमा अतिक्रमण भएको छ ।

नेपाल भारत सीमा १ हजार ८८० किमी छ, जसको सुरक्षामा भारतले ५० हजार अर्धसैनिक बल खटाएको छ । तर, नेपालको सशस्त्र प्रहरी करिब ५ हजारमात्रै सीमा सुरक्षामा तैनाथ छन् ।

प्रत्येक एक किमी दूरीमा एसएसवीका २० देखि २५ जना फोज तैनाथ छन् । तर , नेपालको सशस्त्र प्रहरी बल दशगजाबाट तीन किमीभित्र प्रत्येक एक किमी दूरीमा ४ देखि ६ जनासम्म परिचालित छन् । आजको कारोबार दैनिकमा समाचार

No comments:

Post a Comment

Featured Post

माओवादी केन्द्रका तीन मन्त्रीमा महरालाई अर्थ, दुई नयाँ अनुहार

काठमाडौं,साउन २० । माओवादी केन्द्रका अध्यक्ष तथा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकारमा पहिलो चरणमा तीन जना मन्त्री पठाउने भ...

Popular Posts