Sunday, May 1, 2016

८६ प्रतिशत विद्युत लाइसेन्स भारतीयको हातमा

काठमाडौं,बैशाख २० । नेपालमा जलविद्युत आयोजना निर्माण नगरी लाइसेन्स होल्ड गर्नेमा सबैभन्दा अगाडि भारतीय प्रवद्र्धक देखिएका छन्। ऊर्जा मन्त्रालयले हालसम्म ६ हजार २२ मेगावाट विद्युतका लागि लाइसेन्स जारी गरेकोमा भारतीय प्रवद्र्धकका हातमा ५ हजार १ सय ५७ मेगावाटबराबरका आयोजना छन्। यो संख्या कुल जारी भएको लाइसेन्सको ८५.६ प्रतिशत हो। कारोबार दैनिकमा समाचार छ।

भारतका सार्वजनिक तथा निजी गरी १४ वटा कम्पनीले ५ हजार १५७ मेगावाट क्षमताका १५ ठूला आयोजनाको लाइसेन्स लिएका छन्। यसमध्ये एस्सर ग्रुप र नेपालीको संयुक्त लगानीमा रहेको ८२ मेगावाटको तल्लो सोलु आयोजनाको मात्र निर्माण सुरु भएको छ। अन्य आयोजनाले विद्युत उत्पादन अनुमति पत्रका लागि विद्युत विकास विभागमा निवेदन दिएका छन्।

No comments:

Post a Comment

Featured Post

माओवादी केन्द्रका तीन मन्त्रीमा महरालाई अर्थ, दुई नयाँ अनुहार

काठमाडौं,साउन २० । माओवादी केन्द्रका अध्यक्ष तथा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकारमा पहिलो चरणमा तीन जना मन्त्री पठाउने भ...

Popular Posts