Sunday, May 1, 2016

बढ्दो खडेरीसँगै ट्यांकर व्यवसायीलाई मालामाल,पानीको मूल्य दोब्बर

काठमाडौं,बैशाख २० । बढ्दो खडेरीसँगै पानी अभाव चुलिँदा ट्यांकर व्यवसायी उपभोक्ता लुटेर कमाउने मौका छोप्न थालेका छन् । धारा र इनार सुकेपछि पछिल्ला दिन ट्यांकरकै पानीमा भर परेका उपभोक्तासँग उनीहरु अस्वस्थ बार्गेनिङ मात्र गर्दैनन् दोब्बरभन्दा बढी मूल्य असुलिरहेका आजको नागरिक दैनिकले जनाएको छ ।

सामान्य अवस्थामा आजको भोलि पानी ल्याइदिने व्इवसायी अहिले उपभोक्तालाई २० दिन पर्खनुपर्ने भन्दै झुलाउँछन् । छिटो चाहिए बढी भरकम चाहिने भन्दै बार्गेनिङ सुरु गर्छन् । सुरुमा २० दिन लाग्ने भने पनि बढी मूल्य तिरे तुरुन्तै पानी ल्याइदिने गरेको उपभोक्ताको भनाई छ ।

कालिमाटीका दिनेश श्रेष्ठले एक ट्यांकर पानीलाई दोब्बर मूल्य तिर्नुपरेको गुनासो गरे। ‘मैले पानी ल्याइदिन भन्दा एक हप्तासम्म झुलाइरहे,’उनले भने,’बढी मूल्य तिर्छु भनेपछि बल्ल ल्याइदिए ।’ पहिले ६ हजार लिटर पानी १६ सयमा ल्याउने उनी अहिले ३ हजार रुपैयाँ तिर्नु परेको बताउँछन् ।
उपत्यका खानेपानी स्रोत तथा ट्यांकर व्यवसायी संघ अध्यक्ष विष्णु दाहालले अभावको मोकामा व्यवसायीले धेरै मूल्य लिने गरेको स्विकारे ।

No comments:

Post a Comment

Featured Post

माओवादी केन्द्रका तीन मन्त्रीमा महरालाई अर्थ, दुई नयाँ अनुहार

काठमाडौं,साउन २० । माओवादी केन्द्रका अध्यक्ष तथा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकारमा पहिलो चरणमा तीन जना मन्त्री पठाउने भ...

Popular Posts