Sunday, May 1, 2016

क्यासिनो व्यवसायीले रोयल्टी नतिर्दा सरकारलाई करोडौं घाटा

काठमाडौं,बैशाख २० ।सर्वोच्च अदालतको अन्तरिम आदेश देखाउँदै क्यासिनो व्यवसायीले रोयल्टी (राजस्व) नतिर्दा सरकारलाई करोडौं घाटा भइरहेको छ। प्रत्येक आर्थिक वर्ष ठूला र मिनी क्यासिनोबाट सरकारले करोडौं रुपैयाँ राेयल्टी उठाउन पाउने भएपनि केही क्यासिनोले पेसा व्यवसायमा रोक लगाएको दाबीसहित अन्तरिम आदेश माग गरेका थिए।

लगत्तै सर्वोच्च अदालतले पनि अन्तिम टुंगो नलागेसम्म पेसा व्यवसाय गर्न रोक नलगाउनू भन्दै अन्तरिम आदेश जारी गरेपछि ती क्यासिनो व्यवसायी एक पैसा रोयल्टी नतिरी आरामसँग कारोबार गरेर बसिरहेका छन्।

राज्यलाई करोडौं घाटा लगाउने क्यासिनोमध्ये राजधानीको दरबारमार्गस्थित पाँच तारे होटल याक एन्ड यतीमा रहेको क्यासिनो र रोयल पहिलो नम्बरमा छ। यसले चालु आर्थिक वर्ष २०७२÷०७३ को रोयल्टी तीन करोड रुपैयाँ अहिलेसम्म तिरेको छैन नागरिक दैनिकमा समाचार छ।

No comments:

Post a Comment

Featured Post

माओवादी केन्द्रका तीन मन्त्रीमा महरालाई अर्थ, दुई नयाँ अनुहार

काठमाडौं,साउन २० । माओवादी केन्द्रका अध्यक्ष तथा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकारमा पहिलो चरणमा तीन जना मन्त्री पठाउने भ...

Popular Posts