Sunday, May 1, 2016

ओली सरकार फेर्न नेताहरुबीच आन्तरिक कसरत

काठमाडौं,बैशाख २० । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले केपी ओली नेतृत्वको सरकारको विकल्प खोज्न आन्तरिक कसरत थालेको छ। मधेस समस्या समाधानका साथै संविधान कार्यान्वयनमा ओली नेतृत्वको सरकार बाधक रहेको निष्कर्ष निकाल्दै कांग्रेसले नयाँ सरकार गठनका लागि सक्रियता बढाएको हो।

सरकार गठन भएको ६ महिना वित्दासमेत मधेसका साथै आदिवासी जनजातिका माग सम्बोधन गर्न असफल भएको भन्दै कांग्रेसले एकीकृत माओवादी, राष्ट्रिय प्रजातन्त्र पार्टी नेपाल, राप्रपालगायत दलहरुसँग अनौपचारिक छलफल सुरु गरेको छ। नागरिक दैनिकमा समाचार छ।

सभापति शेरवहादुर देउवा लगायत नेताले एकीकृत माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, राप्रपा नेपालका अध्यष कमल थापासहितसँग अनौपचारिक छलफल गरेका छन्।

प्रदेश सीमांकनसहित मधेसी, आदिबासी जनजातिका माग वर्तमान सरकारबाट सम्बोधन हुननसक्ने जनाउँदै कांग्रेस नेताहरुले विकल्प खोज्नु पर्ने जनाएका छन्।

No comments:

Post a Comment

Featured Post

माओवादी केन्द्रका तीन मन्त्रीमा महरालाई अर्थ, दुई नयाँ अनुहार

काठमाडौं,साउन २० । माओवादी केन्द्रका अध्यक्ष तथा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकारमा पहिलो चरणमा तीन जना मन्त्री पठाउने भ...

Popular Posts