Sunday, May 1, 2016

मन्त्रिपरिषद्को निर्णय: अग्निपीडितलाई जस्ता पाता दिने,६ जना उपसचिवको बढुवा

काठमाडौं,बैशाख २० । समसामयिक विषयमा छलफल गर्न मन्त्रिपरिषद् बैठकले ६ जना उपसचिवको बढुवा गरेको छ। प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा सोमबार बसेको मन्त्रिपरिषदको बैठकले ६ सहसचिवलाई सचिवमा बढुवा गरेको हो। बैठकले गोविन्दप्रसाद रिजाल, झक्कप्रसाद आचार्य, नीता पोखरेल अर्याल, नवराज ढकाल, गजेन्द्रकुमार ठाकुर र उदयबहादुर राणामगरलाई उपसचिवबाट सहसचिवमा बढुवा गरेको हो । यस्तै मन्त्रिपरिषदको बैठकले मानव अंग प्रत्यारोपण केन्द्रको कार्यकारी निर्देशकमा डा। पुकारचन्द्र श्रेष्ठलाई नियुक्त गरेको छ। त्यस्तै सरकारले आगलागी भई घर पूर्ण रुपमा क्षति भएका परिवारलाई तत्काल दुई वण्डलका दरले जस्ता पाता उपलब्ध गराउने निर्णय गरेको छ ।

मंसीरदेखि आगामी जेठ १ गतेसम्मको समयलाई आधार मानेर प्रतिपरिवार २६ गेजको दुई बण्डल जस्ता पाता उपलब्ध गराइने भएको छ । बैठकपछि उद्योगमन्त्री सोमप्रसाद पाण्डेले हालसम्म एक हजार ४०२ घर आगलागीबाट पूर्ण क्षति भएको जानकारी दिनुभयो ।

No comments:

Post a Comment

Featured Post

माओवादी केन्द्रका तीन मन्त्रीमा महरालाई अर्थ, दुई नयाँ अनुहार

काठमाडौं,साउन २० । माओवादी केन्द्रका अध्यक्ष तथा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकारमा पहिलो चरणमा तीन जना मन्त्री पठाउने भ...

Popular Posts