Saturday, May 21, 2016

नासामा नेपाली वैज्ञानिकको उपलब्धि

काठमाडौं,जेठ ९ । अमेरिकाको क्यालिफोर्निया इन्स्टिच्युड अफ टेक्नोलोजीको नासा प्रयोगशालामा लमजुङ राइनसका डाक्टर सुरेन्द्र अधिकारीले संसारभरिबाट पग्लिएको हिँउ कहाँ जान्छ भन्ने प्रश्नको मसिनो उत्तर खोजिरहेका थिए । अन्टार्कटिका ग्रिनल्याण्डजस्ता हिँउ थुप्रिने ठाउँको हिँउ बिलाएर समुन्द्रमा कसरी मिसिन्छ भन्ने जान्न उनले हजारौं अध्ययन अनुसन्धानका निष्कर्ष पढे ।

हिउँ विज्ञानबारे खोज्दाखोज्दै अधिकारीले विश्व नै चकित बनाउने पृथ्वीको दिशा परिवर्तनबारे नयाँ तथ्थ पत्ता लगाए । उनको अध्ययनले भन्यो, ‘पृथ्वीको उत्तरी ध्रुब पूर्वतिर तीव्र गतिमा सरिरहेको छ, जुन अस्वभाविक हो ।’ एसियाको खडेरी र अन्टार्कटिकामा हिउँ पग्लिदा पृथ्वीको सन्तुलन बिग्रिएको उनले पत्ता लगाए । आजको अन्नपूर्ण पोष्ट दैनिकमा खबर छ ।

No comments:

Post a Comment

Featured Post

माओवादी केन्द्रका तीन मन्त्रीमा महरालाई अर्थ, दुई नयाँ अनुहार

काठमाडौं,साउन २० । माओवादी केन्द्रका अध्यक्ष तथा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकारमा पहिलो चरणमा तीन जना मन्त्री पठाउने भ...

Popular Posts