Saturday, May 21, 2016

विदेशीको कब्जामा नेपालको बिजुली !

काठमाडौं,जेठ ९ । अधिंकाश ठूला जलविद्युत आयोजना निर्माण जिम्मा लिएका विदेशी कम्पनीले दशकदेखि नदी तथा खोला कब्जामा राखेका छन् । बिजुली उत्पादन नहुदाँ नेपालीे भने दैनिक १५ घण्टासम्म लोडसेडिङ झेल्दै अध्यारोमा बाच्न बाध्य छन् । लगानीमैत्री वातावरण अभाव, तरल राजनिति, फितलो कानुन, अनुगमनमा सरकारको गैरजिम्मेवारीले विदेशीले नदी ओगट्ने मौका पाएका हुन् ।

उर्जा मन्त्रालयले पञ्चेश्वर र सप्तकोसी उच्च बाँध बाहेक हालसम्म १२ हजार ५ सय २४ मेगावात क्षताका आयोजनाको अनुमति बाँडेको छ । यीमध्ये करिब ८५ प्रतिशत विदेशी कम्पनीले लिएका छन् ।

भारत, चीनर कोरियाली कम्पनीले ठुला आयोजना बनाउने नाममा नदी ओगटेर बसेका छन् । विदेशीले लिएका अनुमतिमध्ये ४२ प्रतिशत भारतीय कम्पनीको कव्जामा छन् । आजको नागरिक दैनिकमा समाचार छ ।

No comments:

Post a Comment

Featured Post

माओवादी केन्द्रका तीन मन्त्रीमा महरालाई अर्थ, दुई नयाँ अनुहार

काठमाडौं,साउन २० । माओवादी केन्द्रका अध्यक्ष तथा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकारमा पहिलो चरणमा तीन जना मन्त्री पठाउने भ...

Popular Posts