Saturday, May 21, 2016

मधेस आन्दोलनमा सरकारको ५ करोड !

काठमाडौं,जेठ ९ । तराई मधेस आन्दोलनका क्रममा सरकारले पाँच करोड १ लाख रुपैयाँ निकास गरेको छ । सरकारले आन्दोलनमा ज्यान गुमाएका ४७ जनाका परिवारलाई १०/१० लाख रुपैयाँ घाइतेहरुको उपचारका लागि ५ करोड १ लाख रुपैयाँ निकासा गरेको आजको नेपाल समाचारपत्र दैनिकमा समाचार छ ।

आन्दोलनरत संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाले सरकारले वार्ताको वातावरण नबनाएको आरोप लगाइरहको बेला सरकारले भने सात महिनाको अवधिका मृतकको परिवार र घाइतेहरुको उपचार खर्च बेहोरेर वार्ताको बाताबरण बनाएको दाबी गरेको छ ।

उपप्रधान एवं रक्षामन्त्री भीम रावलले सरकारले वार्ताको वाताबरणको लागि मधेस आन्दोलनको क्रममा घाइते भएकाहरुको उपचारका लागि ३१ लाख रुपैयाँ प्रदान गरिसकेको बताए ।

उनले भने ‘सरकारले घाइतेहरुको नि शुल्क उपचार गरेकेा छ, मुद्दा फिर्ता गर्नको लागि सूची बनाउन हामी तयार छौं, वार्ताको टेबुलमा बसेपछि छानविन समित गठन गर्न सकिन्छ ।’

No comments:

Post a Comment

Featured Post

माओवादी केन्द्रका तीन मन्त्रीमा महरालाई अर्थ, दुई नयाँ अनुहार

काठमाडौं,साउन २० । माओवादी केन्द्रका अध्यक्ष तथा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकारमा पहिलो चरणमा तीन जना मन्त्री पठाउने भ...

Popular Posts