Saturday, May 21, 2016

माउरिन्हो म्यानचेष्टर युनाइटेडको प्रशिक्षकमा नियुक्त !

एजेन्सी, जेठ ९ । म्यान्चेस्टर युनाइटेडले चेल्सीका पूर्व प्रशिक्षक जोसे मोरिन्होलाई नयाँ प्रशिक्षक नियुक्त गर्ने तयारी गरेको छ । क्लब आगामी हप्ता उनलाई नयाँ प्रशिक्षक नियुक्त गर्ने बिबिसी स्पोर्टले दाबी गरेको छ । म्यानचेष्टर युनाइटेडले क्रिष्टिल प्यालेसविरुद्ध एफए कपको फाइनल खेल्नु अघि सैद्धान्तिक सहमति भएको हो ।

लुइस भानहालको नेतृत्वमा क्लब च्याम्पियन्स लिगका लागि छनोट हुन असफल भएपछि म्यानचेष्टर युनाइटेड परिर्वतनको निर्णयमा पुगेको थियो । जितको प्रतिशतको हिसाबमा मोरिन्हो प्रिमियर लिगमा सबैभन्दा सफल प्रशिक्षक हुन् । मोरिन्होको नियुक्तीसँगै ६४ वर्षीय भान हालको युनाइटेडसँगको यात्रा अन्त्य हुनेछ ।

No comments:

Post a Comment

Featured Post

माओवादी केन्द्रका तीन मन्त्रीमा महरालाई अर्थ, दुई नयाँ अनुहार

काठमाडौं,साउन २० । माओवादी केन्द्रका अध्यक्ष तथा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकारमा पहिलो चरणमा तीन जना मन्त्री पठाउने भ...

Popular Posts