काठमाडौं । इंग्लिस प्रिमियर लिगका अन्तिम खेलमा म्यानचेस्टर युनाइटेडले सुखद अन्त्य गरेको छ । म्यानचेस्टर युनाइटेडले बोर्नीमाउथलाई ३-१ गोल अन्तरले हराएको हो । यो जितसँगै युनाईटेडले ५ औं स्थानमा चित्त बुझाएको छ। आईतवार ओल्ड ट्राफोर्डमा हुने भनिएको खेलमा मैदानमा शंकास्पद बस्तु फेला परेपछि खेल सारिएको थियो। सिजनको शुरुवातमा राम्रो खेल्न नसकेको युनाईटेडले अन्त भने जितसँगै सुखद गरेको छ।
बोर्नमाउथ बिरुद्धको खेलमा युनाईटेडका वाएन रुनीले ४३औं मिनेटमा गोल गर्दै आफ्नो टोलीलाई अग्रता दिलाएका थिए। ७५औं मिनेटमा मार्कस रासफोर्डले दोस्रो गोल गरेका थिए भने आस्ले योङ्गले ८७औं मिनेटमा तेस्रो गोल गरेका थिए। ९०औं मिनेटमा युनाईटेडका क्रिस स्मलिङले आफ्नै पोस्टमा गोल गर्दै बोर्नमाउथलाई १ गोलको उपहार दिएका थिए। अन्तिम खेल पछि युनाइटेडले ५औं स्थानमा चित्त बुझाएको छ भने बोर्नमाउथ यो बर्ष १६औं स्थानमा आफुलाई ऊभ्याएको छ।
३८ खेलमा ६६ अंकका साथ म्यानचेस्टर सिटीले चौथो स्थानमा रहेको छ भने युनाईटेड पनि उती नै अंकका साथ ५औं स्थानमा रहेको छ। सिटी र युनाईटेडको अंक बराबर भएता पनि बढी गोलका आधारमा सिटी चौथो स्थानमा रहेको छ।
No comments:
Post a Comment