Tuesday, May 17, 2016

सेनाको आँखा छल्दै निकुञ्जमा सशस्त्रको धराप

काठमाडौं,जेठ ५ । शिवपुरी नागार्जुन राष्ट्रिय निकुन्जभित्र रहेको सशस्त्र प्रहरी बलको ब्यारेक अगाडि वन्यजन्तु सिकारका लागि २१ वटा धराप थापेको पाइएको छ । पूर्वराजा ज्ञानेन्द्र शाहको सुरक्षामा दरबारमा खटेको सशस्त्र प्रहरीले राखेको धराप सेनाले फेला पारेर निकुन्जलाई बुझाएको आजको अन्नपूर्णमा समाचार छ ।

निकुन्जका रेन्जर लब गुरागाईँले शसस्त्र प्रहरीको भान्सा नजिकै ती धराप पाइएको पुष्टि गरे । उक्त ब्यारेकको नेतृत्व सशस्त्र प्रहरीका डिएसपी गरेका छन् । सेनाको पेट्रोलिङ टोलीले ती धराप फेला पारेको हो ।
निकुञ्ज सुरक्षाको जिम्मेवारी नेपाली सेनाले लिएको छ भने त्यहीभित्र रहेको पूर्वराजाको निवासको सुरक्षा सशस्त्र प्रहरी बलले गरेको छ । सर्वसाधारणलाई उक्त स्थानमा जान असम्भवप्रायः छ । अन्य व्यक्तिहरु उक्त स्थानमा प्रवेश गर्न नसक्ने भएकाले उक्त धराप प्रहरीले नै थापेको स्रोतको दावी छ । तर सशस्त्र प्रहरीले भने धरापका विषयमा अनभिज्ञता प्रकट गरेको छ ।

No comments:

Post a Comment

Featured Post

माओवादी केन्द्रका तीन मन्त्रीमा महरालाई अर्थ, दुई नयाँ अनुहार

काठमाडौं,साउन २० । माओवादी केन्द्रका अध्यक्ष तथा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकारमा पहिलो चरणमा तीन जना मन्त्री पठाउने भ...

Popular Posts