Tuesday, May 17, 2016

तत्कालिन मुमाबडामहारानी रत्नराज्यलक्ष्मीको अचम्मको मन !

काठमाडौं,जेठ ५ ।  त्यहीँ, जहाँबाट कुनै बेला सिंगो देशको शासनसत्ता चल्थ्यो । महारानी खोक्दा पनि दरबारभरका आसेपासे सजग हुन्थे । र, आज त्यहीँ, जहाँ छानोबाट पानी झर्छ । बिजुली भनेको बेला बल्दैन । पिउने पानी पनि कहिलेकाँही त अभाव भइदिन्छ । र, महारानी कस्ता–कस्ता नजिकका मान्छे पनि नभेटी काल पर्खेर बसेकी छन् । नेपालकै एक जना दुःखी महारानीको प्रसंग हो यो । नारायणहिटीबाट तत्कालिन राजा र राजपरिवारका सबै नौ सदस्य विदा भइसकेको पनि ९ वर्ष पूरा भयो ।

तर, यी दुःखी महारानी न नारायणहिटी छाड्छिन्, न त्यहाँ सुखले बस्नै पाउँछिन् । उनी हुन्, राजा महेन्द्रकी पत्नी -तत्कालिन मुमाबडामहारानी) रत्नराज्यलक्ष्मी शाह । भूकम्पले उनी बस्ने महेन्द्र मञ्जिल धुजाधुजा बनाएपछि सर्वसाधरणझैं उनको बास नारायणहिटीभित्रकै एउटा अस्थायी टहरामा भयो ।

छोरा तथा पूर्वराजा ज्ञानेन्द्र र नातिनी बुहारी हिमानीले उनलाई निर्मलनिवास लैजान अनेक कोसिस गरे । तर, मानिनन् । उनको अडान हो, जहाँ महेन्द्रको मन बसेको थियो, मेरो मृत्यु त्यही घरमा हुनुपर्छ ।’अहिले उनी बस्ने महेन्द्र मञ्जिल अस्थायी रुपमा बस्न मिल्ने भएको छ । दुई महिनादेखि उनी त्यहीँ बस्न थालेकी छिन् । आजको जनआस्था साप्ताहिकमा खबर छ ।

No comments:

Post a Comment

Featured Post

माओवादी केन्द्रका तीन मन्त्रीमा महरालाई अर्थ, दुई नयाँ अनुहार

काठमाडौं,साउन २० । माओवादी केन्द्रका अध्यक्ष तथा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकारमा पहिलो चरणमा तीन जना मन्त्री पठाउने भ...

Popular Posts