Monday, May 23, 2016

राजधानीमा दुई हजार बालिका यौन व्यवसायमा

काठमाडौं,जेठ ११ । राजधानीमा झन्डै दुई हजार बालिकालाई यौन व्यवसायमा लगाउने गरिएको पाइएको छ ।
केन्द्रीय बालकल्याण समिमितले सोमबार राजधानीमा आयोजना गरेको एक कार्यक्रममा दुई हजार बालबालिकालाई ग्राहकलाई यौन सेवा प्रदान गर्न बाध्य पारिने गरिएको तथ्यांक सार्वजनिक गरिएको खबर आजको नयाँ पत्रिकामा छापिएको छ।

केन्द्रीय बालकल्याण समितिका कार्यकारी निर्देशक तारक धितालले विभिन्न अध्ययनले काठमाडौं उपत्यकामा ११ हजारदेखि १३ हजार महिला मनोरञ्जन व्यवसायमा संलग्न रहेकामा त्यसको एक तिहाइ १८ वर्षमुनिका बालबालिका रहेको जानकारी दिए ।

काठमाडौंका डान्सबार, रेष्टुरेन्ट, क्याबिन, दोहोरी साँझ, भट्टीपसल, चिया पसललगायत मनोरञ्जन व्यवसायमा विभिन्न बहानामा बालिकालाई यौन व्यवसायमा लगाउने गरिएको छ ।
बालकल्याण समितिले मनोरञ्जन व्यवसायमा कार्यरतमध्ये ९३ प्रतिशत महिला कामका क्रममा यौन दुव्र्यवहार सहन बाध्य हुने गरेको जनाएको छ।

No comments:

Post a Comment

Featured Post

माओवादी केन्द्रका तीन मन्त्रीमा महरालाई अर्थ, दुई नयाँ अनुहार

काठमाडौं,साउन २० । माओवादी केन्द्रका अध्यक्ष तथा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकारमा पहिलो चरणमा तीन जना मन्त्री पठाउने भ...

Popular Posts