काठमाडौं,जेठ ११ । प्रधानमन्त्रीले बोलाएको सर्वदलीय बैठकमा माओवादस् केन्द्रका नेता रामबहादुर थापा ‘बादल’ र मात्रिका यादव सहभागी भएका छन् । संसदीय व्यवस्थाकै विरोधमा लामो समयदेखि शीर्ष बैठकबाहिर रहेका मात्रिका र बादलहरु मंगलबार सिंहदरबार छिरेका हुन् । विभिन्न माओवादी घटकहरुबीचको एकतामा भएर बनेको नेकपा माओवादी केन्द्रको हैसियतमा उनिहरु सिंहदरबारभित्र छिरेका हुन् ।
यस अघिको शीर्ष बैठकहरुमा तत्कालिन एकीकृत माओवादीको तर्फबाट प्रचण्ड, नारायणकाजी श्रेष्ठ, कृष्णबहादुर महरालगायतका नेताहरु सहभागि हुन्थे । त्यस्तै कांग्रेसका तर्फबाट सभापति शेरबहादुर देउवा, रामचन्द्र पौडेल र महेश आचार्य छन् भने एमालेको तर्फबाट प्रधानमन्त्रीसँगै वरिष्ठ नेता माधव नेपाल, झलनाथ खनाललगायतका नेताहरु छन् । बैठकमा सत्तारुढ साना दलका नेताहरु पनि रहेका छन् । सर्बदलीय बैठकमा आन्दोलनरत मधेसी–जनजाति दलहरुलाई पनि बोलाइएको थियो । आन्दोलनरत दलहरुले बहिष्कार गरेका छन् ।
No comments:
Post a Comment