Monday, May 23, 2016

काठमाडौं-तराई फास्ट ट्रयाकलाई ५ अर्बमात्र

काठमाडौं,जेठ ११ । सरकारले स्वदशी लगानीमा निर्माण गर्ने घोषणा गरेको काठमाडौं-तराई फास्टट्रयाकका लागि करिब ५ अर्ब मात्र बजेट बिनियोजन गरेको छ। एक खर्ब ३० अर्ब रूपैयाँ लागत अनुमान गरिएको फास्ट ट्रयाक सरकारले नीति तथा कार्यक्रममा स्वदेशी लगानीबाट बनाउने घोषणा गरेको थियो। चालु आरुथिक वर्षामा फास्ट ट्रयाकलाई एक अर्ब रूपैयाँ विनियोजन गरिएको खबर आजको अन्नपूर्णमा आशीष ज्ञवाली र सुजित महतले लेखेका छन्।
सरकारले आफै बनाउने घोषणा गरेकाले निकै बढी रकम विनियोजन हुने अपेक्षा गरिएको थियो। ‘आउने आर्थिक वर्षै काम थाल्नका लागि मात्र बजेट विनियोजन गरिएको हो,’ स्रोतले भन्यो,‘काम भयो भने त बजेट अभाव हुन्न, अरू स्रोतबाट पनि जुटाउन सकिन्छ।’ काठमाडौं जिल्लामा पर्ने भागमा अधिग्रहणको विवादका कारण ट्रायक खोल्ने काम सकिएको छैन।

No comments:

Post a Comment

Featured Post

माओवादी केन्द्रका तीन मन्त्रीमा महरालाई अर्थ, दुई नयाँ अनुहार

काठमाडौं,साउन २० । माओवादी केन्द्रका अध्यक्ष तथा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकारमा पहिलो चरणमा तीन जना मन्त्री पठाउने भ...

Popular Posts