Monday, May 23, 2016

प्रेमिकाको हत्या गर्नेको बयान: ‘नाटक गरेकी होली भनेको त मरिसकिछ’

काठमाडौं,जेठ ११ । सामान्य विवादमा उत्पन्न आवेगलाई नियन्त्रण गर्न नसक्दा दुई वर्षदेखि ‘लिभिङ टुगेर रिलेसनसिप मा’ रहेकी प्रेमिकाको हत्या गर्ने प्रेमी श्याम श्रेष्ठ यतिबेला प्रहरी हिरासतमा पछुताइरहेका छन् । प्रहरीसँगको बयानमा उनले मोबाइल चलाएको विषयमा उत्पन्न सामान्य विवाद शढ्दै जाँदा आवेग नियन्त्रण गर्न नसकी आफूले प्रेमिका अञ्जना थापाको कन्चटमा मुक्काले हानेको र त्यसपछि उनको मृत्यु भएको बताएका छन् । हत्यापछि भारत फरार भएका श्रेष्ठलाई प्रहरीले भारतीय प्रहरीको सहयोगमा लुधियानाबाट पक्राउ गरेको हो ।

यसरी भयो हत्या
गत वैशाख २१ गते बस थन्क्याएपछि बेलुका करिब साढे आठ बजे उनी अञ्जनाको कोठामा गएका थिए । त्यसबेला अञ्जना नुहाइरहेकी थिइन् । अञ्जना बाथरुमबाट कोठामा नआउँदासम्म उनी अञ्जनाको मोबाइल चलाएर बसे ।

नुहाएर फर्कंदा आफ्नो मोबाइल चलाएको देखेर उनी रिसाइन् । त्यही विषयलाई लिएर उनीहरुबीच भनाभन भयो । भनाभन बढ्दै जाँदा श्रेष्ठले अञ्जनाको टाउको, कन्चट एवं अनुहारको भागमा मुक्काले हाने ।

‘मलाई गाली गरेपछि रिसको झोकमा मुक्काले हानिदिएको थिएँ, ऊ भुइँमा ढली,’ पक्राउ परेपछि श्रेष्ठले भनेका छन्, ‘सधैँ भुइँमा ढलेर बेहोस भएजस्तो नाटक गर्थी, नाटकै गरेकी होली भनेर वास्ता नगरी खाटमा पल्टेर बसें, धेरै बेरसम्म पनि नउठेपछि हेर्दा त उसको सास नै बन्द भइसकेको थियो ।’

तर, अञ्जनाको मृत्यु भइसकेको भन्ने उनलाई लागेको थिएन । उठाएर खातमा सुताए । यति गर्दा पनि कुनै प्रतिक्रिया नजनाएपछि मरेको ठानी उनी कोठाबाठ निस्किए । राति गएर आफूले चलाउने बसमै सुते । आजको नयाँ पत्रिका दैनिकमा खबर छ ।

No comments:

Post a Comment

Featured Post

माओवादी केन्द्रका तीन मन्त्रीमा महरालाई अर्थ, दुई नयाँ अनुहार

काठमाडौं,साउन २० । माओवादी केन्द्रका अध्यक्ष तथा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकारमा पहिलो चरणमा तीन जना मन्त्री पठाउने भ...

Popular Posts