काठमाडौं,जेठ ३ । माओवादीहरुबीच एकताका लागि भनेर १३ बुँदे प्रस्ताव तयार भयो । मात्रिका यादवले त्यो प्रस्तावमा मधेसको आत्मनिर्णयको अधिकारसहित नयाँ जनवाद लेख्नैपर्ने भन्दै मत राखे । त्यसका सबै पक्षले सहमति गरे । १३ बुँदे सहमति गर्ने बेलामा उनी आएनन्, प्रतिनिधी पठाए । भारतीय विस्तारवाद, राष्ट्रियता लेख्नु नहुने र आन्तरिक औपनिवेशिकता प्रमुख हो भन्ने मतमा जोड दिए । पहिला सहमत भएर मात्रिका किन पछि हटे ? माओवादीहरुमा पारिएको दवावले काम गरेको अर्थमा लिइएको छ । कुपण्डोलमा मोहन वैद्यलाई बहुमत केन्द्रीय सदस्यले हटाएर राम बहादुर थापालाई अध्यक्ष बनाउँदा वैद्य भने बुद्वनगरको आफ्नै कक्षमा नेत्र विक्रम चन्द विप्लवका केही नेताहरुसँग वार्ता गरिरहेको बुद्वनगर स्रोतले बतायो । आजको साँघु साप्ताहिकमा खबर छ ।
Subscribe to:
Post Comments (Atom)
Featured Post
माओवादी केन्द्रका तीन मन्त्रीमा महरालाई अर्थ, दुई नयाँ अनुहार
काठमाडौं,साउन २० । माओवादी केन्द्रका अध्यक्ष तथा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकारमा पहिलो चरणमा तीन जना मन्त्री पठाउने भ...
Popular Posts
-
The incredible Nepali musical group Sur Sudha will be visiting the US in August on an “Empower Nepal Tour” sponsored by the Soarway Foundat...
-
काठमाडौं,मंसिर १५ । एमाओवादी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले केन्द्रिय समितिको वैठकमा पार्टीलाई एक नम्बर बनाउने भन्दै राजनितिक प्रतिवेदन ...
-
काठमाडौं,बैशाख २० । भारतको निम्तो मान्न अचानक नयाँ दिल्ली गएका पूर्वराजा ज्ञानेन्द्र शाह शुक्रवार मध्यरातमा नेपाल फर्किएका छन्। बिहीवार चाढे...
No comments:
Post a Comment