Sunday, May 15, 2016

आईपिएल : मुम्बईले दिल्लीलाई ८० रनले हरायो

काठमाडौं,जेठ ३ । ईन्डियन प्रिमियर लिग आईपिएल अन्तर्गत आईतबार भएको दोस्रो खेलमा मुम्बई इन्डियन बिजयी भएको छ। मुम्बई इन्डियनले डिल्ली डेयरडेभिल्सलाई ८० रनले पराजित गरेको हो । मुम्बईले प्रस्तुत गरेको दुई सय सात रनको लक्ष्य पछ्याएको दिल्लीले १९ दशमलव १ ओभरमा अलआउट हुँदै एक सय २६ रन मात्रै बनायो ।दिल्लीका क्विन्टन डी ककले ४०, ऋशव पन्तले २३ तथा क्रिस मोरिसले २० रन बनाउनु बाहेक अरु ब्याट्सम्यानले दोहोरो अंकमा रन जोड्न सकेनन् ।मुम्बईका जसप्रित बुमराहले तीन तथा क्रुनल पाण्डेयले दुई विकेट लिए ।

टस हारेर सुरुमा ब्याटिङ्ग गरेको मुम्बईले निर्धारित २० ओभरमा ४ विकेट गुमाएर दुई सय ६ रन बनायो । मुम्बईको तर्फबाट क्रुनल पाण्डेय ले ३७ बलमा ७ चौंका र ६ छक्काको मद्दतले सर्भाधिक ८६ रन बनाए भने माटिन गुप्टिल ४८ तथा कप्तान रोहित शर्मा ३१ रन बनाएर आउट भए। दिल्लीका क्रिस मोरिसले २ विकेट लिए भने मयानक अग्रवालले १ विकेट हात पारे।

अहिले सम्म खेलेको १३ खेलबाट ७ खेलमा जित तथा ६ खेलमा पराजित भएको मुम्बई १४ अंक सहित अंकतालिका तेस्रो स्थानमा छ भने ११ खेलबाट ६ खेलमा जित तथा ५ खेलमा पराजित भएको दिल्ली ६ अंक सहित अंकतालिकाको पाचौं स्थानमा रहेको छ।

No comments:

Post a Comment

Featured Post

माओवादी केन्द्रका तीन मन्त्रीमा महरालाई अर्थ, दुई नयाँ अनुहार

काठमाडौं,साउन २० । माओवादी केन्द्रका अध्यक्ष तथा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकारमा पहिलो चरणमा तीन जना मन्त्री पठाउने भ...

Popular Posts